सुनको भाउमा बृद्धि

२०७४ चैत २० मंगलवार
NewsDesk Shikharnews

काठमाडौं, २० चैत । सुनको भाउ मंगलबार तोलामा ३ सय रुपैयाँ बृद्धि भएको छ । सुन आज तोलाको ५८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार ५७ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । सुनको भाउ मंगलबार तोलामा ३ सय रुपैयाँ बढेको हो । चाँदीको भाउ भने मंगलबार घटबढ भएको छैन । चाँदी आज पनि तोलाको ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।