घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसादमाथि गोली प्रहार

२०७४ फागुन २८ सोमवार
Newsdesk Shikharnews

काठमाडौं, २८ फागुन । कैलाली जिल्लाको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चोधरीमाथि सोमबार साँझ गोली प्रहार भएको छ । चौधरीलाई सोमबार बेलुकी मोटरसाइकलमा आएको अज्ञात समूहले गोली प्रहार गरेको बताइएको छ ।

मेयर चौधरीमाथि गोली प्रहार भएको प्रदेश नं. ७ प्रहरी कार्यालयका प्रमुख एआइजी माधवप्रसाद नेपालले पुष्टि गरेका छन् । चौधरीको स्थानीय घोडाघोडी अस्पतालमा उपचार भइरहेको बताइएको छ । मेयर चौधरीलाई उपचारका लागि अन्यत्र लैजाने तयारी भइरहेको बताइएको छ ।

नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष जगत साउदले पनि मेयर चौधरीमाथि गोली प्रहार भएको जनाएका छन् । अध्यक्ष साउदका अनुसार चौधरीको अवस्था गम्भीर भएकाले प्रारम्भिक उपचारपछि कोहलपुर मेडिकल कलेज नेपालगञ्ज लैजाने तयारी भइरहेको छ ।

मेयर चौधरीलाई केही दिनअघिको “बोक्सी”को घटनामा मुछिएको थियो । “बोक्सी काण्ड”पछि उनी विवादमा तानिएका थिए । अचानक आज उनीमाथि गोली प्रहार गरिनु रहस्यमय बनेको छ ।

 

यो पनि पढ्नुहोस्

बोक्सी भन्दै किशोरीलाई नारी दिवसकै दिन कुटे

यो पनि पढ्नुहोस्

गृहमन्त्री थापाले भने, ‘बोक्सीको आरोपमा कुट्नेलाई कडा कार्वाही गर्छु’- संसदमा पनि कुरा उठ्यो