बुटवलका ३ सय ११ घर भत्कीने

Vianet

आचार्य प्रदीप
बुटवल, २ साउन । व्यापारिक मार्ग विस्तार आयोजनाले बेलहिया–बुटवल सडक क्षेत्रमा रहेका घरहरु भत्काउनको लागी भदौ ५ गते सम्मको अल्टीमेटम दिएको छ ।

Vianet

आयोजनाले समय सडक क्षेत्रभित्र पर्ने ३ सय ८१ घरहरु भत्काउन घरधनीलाई आह्वान गरेको छ। आयोजनाले सडकक्षेत्र भित्र पर्ने बुटवलको राजमार्ग चौराहादेखि चिडिया खोलासम्म ३५ सय मिटरका ३ सय ११ घर हटाउन भन्दै सूचना निकालेको छ। यसअघि सडकको ८२ फुटभित्र पर्ने घरहरुमा चिनो लगाइसकेको आयोजनाले भदौ ५ गतेसम्मको समय दिएको हो ।

आयोजनाका प्रवक्ता लिलबहादुर भण्डारीका अनुसार घरधनीले ८२ फूट कायम गर्नका लागि चिनो लगाएको भागदेखि सडकतर्फको भाग मात्रै भत्काउनुपर्ने छ। यस्तै आयोजनाले बेलहियादेखि नवलपरासीको भुमही बाइपास क्षेत्रमा पर्ने ७० घर टहरा पनि हटाउन भनेको छ।

taximandu

प्रतिक्रिया

शिखरन्युज प्राइभेट लिमिटेडद्वारा संचालित

सुकेधारा, काठमाडौ, नेपाल
न्युज हटलाईन : ९८१३१२२०२२
shikharnews.tv@gmail.com
सुचना बिभाग दर्ता नम्बर – ९५/०७३-७४

प्रकाशक/अध्यक्ष : राम बहादुर खत्री
प्रबन्ध निर्देशक : कमल गौतम (समीप)
सम्पादक : कमल पुलामी
सल्लाहकार : भीष्म ओझा
बजार प्रबन्धक : सरु बान्तावा

© 2025 Copyright Shikharnews PVT LTD | All rights reserved

ताजा समाचार

ट्रेन्डिङ