मन्त्रि लालबाबु पन्डितलाइ समाजसेवी इशा गुरुङको पत्र :प्रवासीलाई किन घृणा गर्नुहुन्छ ?

२०७५ जेठ ३१ बिहीवार
Newsdesk Shikharnews

सम्माननीय मन्त्रि लालबाबु पण्डित ज्यु !

लाखौ युबाहरू खाडीमा छन् । युरोप एशिया अमेरीका बेलायत तिर पनि उतिकै छन् । तर हजुरले तिनै प्रबासी नेपालीहरूलाइ किन अपमान र अबहेलना गर्नुहुन्छ ?

जव देश आपात बिपतमा रुन्छ तव सबै भन्दा पहिला तिनै प्रबासी नेपालीहरू देशको आँशु पुछ्न तयार हुन्छन र संसारभर बाट हातमा साथ जोडेर सहयोग गर्छन ।

प्रबासी नेपालीहरू पराया देशलाई कर्मथलो बनाएता पनि बिहान सुर्य उदाउन साथ देशमा के भइरहेको छ भनेर चियाउने हामी प्रवासीहरु हौ । साँझ सुर्य अस्ताउदा सुत्नु अघि देशको खबर बुझेर निदाउने पनि हामी प्रवासी नेपालीहरु हौ । देशको माया बोकेर हर प्रहर देशको बारे चिन्तन गर्ने तिनै प्रबासी प्रति किन यत्रो घृणा मन्त्रि ज्यु ?

देश छोड्नु रहर होइन बाध्यता हो । अभाव र विवसताको झोलीको झोली बोकेर देशको सिमा काटेर बिदेशिनुको पिडा कस्तो हुन्छ ? त्यो उनैलाई थाहा छ । देशको जिम्मा लिनेहरुले नागरिकहरुलाई रोजगार पनि नदिने, रोजगारका लागि देश बाहिर जाँदा पनि घृणा गर्ने कस्तो मानसिकता हो ?

संसारको हरेक देशमा हजुरकै पार्टीका संघ संस्थाहरू खोलेर तपाईकै पार्टीको समर्थनमा राजनितिक गर्नेहरू पनि अनगिन्ति छन् । के उनीहरु पनि तपाईका आस्थाका पारखीहरु होइनन त ?

तपाईले काठमाडौंको गल्तीहरूमा झाड़ु कुचो लिएर फोहोर सफा गरिरहदा हामी प्रबासी नेपालीहरू हजुर प्रति गर्ब नगरेको पनि त हैन …। आफ्नो सन्तान भौगोलिक दुरीमा रहेता पनि अन्तमा आँफ्नै देशको ढुंगा, माटो, गाउ शहर लगायत सारा देश र दुँखि पिडित असहाय बेसहारा अपाङ्ग देखि द्वन्द पिडित सबै नेपाली लाँइ सहयोग गर्ने पनि हामी प्रबासी नेपालीहरु नै हौ ।

मन्त्रि ज्यु, हजुरको प्रवासी नेपाली प्रतिको सोच परिवर्तन गर्न अति जरूरी छ । जब सम्म देश बनिदैन तब सम्म नेपालीहरू रोज़गारी र भबिस्य उज्यालो बनाउन यसरी नै दिनुहु देश छोड़न् बाध्य भएका छन् । यो कुनै रहर हैन, बाध्यता र विवसता हो ।

बरू देशमा रोज़गारीको ब्सबस्था गर्नुस । स्तरीय विस्व बिद्यालयहरू खोल्नुस र  देश बाहिर पढ्न युवाहरुलाई त्यहि पढ्ने वातावरण दिनुस । देशमा कलकारखाना खोल्नुस र बिदेश पलायन भएका युवाहरुलाइ आफ्नै देशमा फर्काउनुस । बिदेशका युवाहरु हाम्रो देशमा रोजगार खोज्न आउने बनाउनुस । शुभकामना छ ।

बेलायतबाट उही पोखरेली चेली इशा गुरुङ