यौन चाहना कसमा बढि हुन्छ ? केटा वा केटी ?

Vianet

किशोरावस्थामा पुगेपछि जो सुकैमा यौन इच्छा जागृत हुन थाल्छ । उचित समय, परिस्थिति र व्यक्तिको उपस्थितिमा यो इच्छा यौन सम्पर्कमा परिणत हुन सक्छ । तर यौन सम्पर्कको चाहनाका बारेमा समाजमा विभिन्न किसिमका धारणाहरु विद्यमान छन् । अहिलेसम्मको खोजहरुको निष्कर्षमा के भनिएको छ भने पुरुषहरुको यौन इच्छा स्थिर रहन्छ । तर महिलाको यौन इच्छा भने उसको महिनावारिको समयअनुसार फरक फरक हुन्छ ।

Vianet

अनुसन्धानहरुबाट के पत्ता लागेको छ भने महिलाको महिनावारि भएको पहिलो र तेस्रो हप्ता यौन उत्तेजनाको दृष्टिकोणबाट सहज अवस्था हो भने बाँकी हप्ता भने उसको लागि यौन उत्तेजना उत्पन्न गराउन केही असहज समय भनेर मानिन्छ । यसको कारक तत्व भने राग रसहरुको उत्पादन र त्यसको प्रभाव नै मानिएको छ ।

केही केटीहरुमा किशोरावस्थाको पूर्वावस्था (१०–१४ वर्ष) मा यौन चाहना सुषुप्त रुपमा रहन्छ । मध्य किशोरावस्थामा (१५–१७ वर्ष) यौन चाहना पूर्णरुपमा सक्रिय रहन्छ ।

तर यही उमेरका केटीहरु भने किशोरहरुको तुलनामा केही बढी भावुक हुने, यौन चाहनातिर भन्दा बढी सम्बन्ध विस्तारतिर ध्यान दिने भएकोले समाजमा केटाभन्दा केटीको यौन चाहना बढी हुन्छ भन्ने धारणा फैलिएको हो ।

हाम्रो समाजमा यस अवस्थाका केटीहरु आफनो चाहना पूर्णरुपमा बाहिर ल्याउन सक्तैनन् । उनीहरु आफनो चाहनालाई दबाएर राख्छन् र प्रत्यक्षरुपमा आफ्नो इच्छालाई अगाडि आउन दिँदैनन् ।

१५ देखि १७ वर्षका किशोरावस्थाका केटीहरु श्रृङ्गार सामाग्रीको प्रयोग गर्ने, समूहमा आफूलाई सबैभन्दा राम्रो देखाउने, सफासुग्घरमा बढी ध्यान दिने जस्ता क्रियाकलापहरु गर्ने गर्दछन् ।

समय परिस्थिति र आफु बस्ने समाजको मूल्यमान्यता, रहनसहन अनुसार व्यक्तिहरुमा यौन चाहना फरक फरक हुन्छ । त्यसैले केटा वा केटीमध्ये कसलाई बढी यौन चाहना हुन्छ भन्न गाह्रो छ

(wbctx.com)

taximandu

प्रतिक्रिया

शिखरन्युज प्राइभेट लिमिटेडद्वारा संचालित

सुकेधारा, काठमाडौ, नेपाल
न्युज हटलाईन : ९८१३१२२०२२
shikharnews.tv@gmail.com
सुचना बिभाग दर्ता नम्बर – ९५/०७३-७४

प्रकाशक/अध्यक्ष : राम बहादुर खत्री
प्रबन्ध निर्देशक : कमल गौतम (समीप)
सम्पादक : कमल पुलामी
सल्लाहकार : भीष्म ओझा
बजार प्रबन्धक : सरु बान्तावा

© 2025 Copyright Shikharnews PVT LTD | All rights reserved

ताजा समाचार

ट्रेन्डिङ