
मेष : दिन राम्रो छ । आज धनलक्ष्मी योग परेको छ । सम्पत्तिको सदुपयोग गर्नुहोला । आफूभन्दा ठूलाबाट असहयोग हुनसक्छ । शिक्षा स्वास्थ्यमा सुधारका संकेत देखिनेछन् । परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ ।

वृष : दिन राम्रो छ । जग्गा सम्बन्धी कारोबारमा फाइदा हुनेछ । निजी तरिकाले लगानी गरेको भए फाइदा हुनेछ । सोचेको काम बन्नेछन् । परिवारको साथ सहयोग मिल्नेछ ।
मिथुन : दिन सामान्य छ । थोरै बोलेर अघि बढ्नुपर्ने दिन छ । राम्रै बोलेपनि नराम्रो सुनिन सक्छ । राजनीति र सामाजिक क्षेत्रमा चासो नराख्नु उचित हुनेछ । स्वास्थ्यमा समस्या हुनसक्ने देखिन्छ ।
कर्कट : दिन राम्रो छ । राजनीतिमा बढुवा हुनेछ । तपाईंको काम चर्चा हुनेछ । स्वास्थ्य लाभ हुनेछ । स्वदेशमा भन्दा विदेशी रमझमले मन आकर्षित गर्नेछ । लगानी गरेको भए व्यापारमा फाइदा हुनेछ ।
सिंह : दिन राम्रो छ । शिक्षा, स्वास्थ्यमा सुधारका संकेत देखिनेछन् । साथी र आफन्तसँग गोपनीयता कायम राख्नु उचित हुनेछ । नजिकैको तीर्थ यात्रा तय हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
कन्या : दिन राम्रो छ । अरुको विवादले तपाईंलाई फाइदा हुनेछ । स्वास्थ्यमा लाभ मिल्नेछ । शिक्षामा गरेको प्रयास सफल हुनेछ । धार्मिक क्षेत्रमा मन जानेछ । परिवारको साथमा रमाइलो गर्ने दिन छ ।
तुला : दिन सामान्य छ । शत्रु बढ्नेछन् । तपाईंबाट फाइदा लिन खोज्नेहरु सक्रिय छन् । खानामा अरुची बढ्नेछ । परिवारमा मेलमिलाप हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
वृश्चिक : दिन सामान्य छ । शत्रु बढ्नेछन् । कुरा काट्नेहरु सक्रिय भएकाले काम गर्दा सचेत बन्नुपर्ने दिन छ । हरेक काममा परिवारको साथ सहयोग मिल्नेछ । शिक्षामा थप मिहिनेत गर्नुपर्ने देखिन्छ ।
धनु : दिन राम्रो छ । स्वास्थ्य, शिक्षामा प्रगति हुनेछ । लगानीको क्षेत्रमा जोश र जाँगर बढ्नेछ । कृषि र जग्गा सम्बन्धी कारोबारमा फाइदा हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ला ।
मकर : दिन राम्रो छ । सोचेका काम बन्नेछन् । हराएका सामान भेटिने सम्भावना छ । संकटमा साथीको लाथ मिल्नेछ । परिवारसँगको सम्बन्धमा सुधार आउने छ । व्यापारमा फाइदा हुने योग छ ।
कुम्भ : दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । विश्वास गरेको पात्रले धोका दिने जोखिम छ । स्वास्थ्यमा समस्या देखिन सक्छ । धार्मिक क्षेत्रका व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ ।
मीन : दिन राम्रो छ । सहयोगी साथी बढ्नेछन् । उपचारमा भए स्वास्थ्यमा लाभ हुने दिन छ । परिवारको साथमा नजिकैको रमाइलो यात्रा तय हुनेछ । अग्रजको सुझावमा गरेको काम सफल बन्नेछ ।
