चेक बाउन्सले मोडल खुश्वु ओलीदेखि फणिन्द्र नेपालसम्म जेल पुगे

पछिल्लो समय प्रहरीमा चेक बाउन्सको उजुरी दिन प्रतिदिन बढ्दो छ । जग्गा किनबेच, व्यापार र ब्याजमा पैसा लगाउनेहरूबीचको कारोबारका चेक बाउन्सका घटना बढी हुने गरेको छ । महानगरिय प्रहरी परिसर काठमाडौंमा २० हजार रुपैयाँदेखि डेढ करोडसम्मका चेक बाउन्स बोकेर उजुरी गर्ने आउनेको संख्या बढेको छ । जसले गर्दा अहिले प्रहरीलाई अरु अपराधिक घटनाका मुद्धा हेर्ने फुर्सद समेत नपाएको प्रहरी अधिकृतकै गुनासो छ ।

सप्तरी राजविराज गोपाल कटुवाल र मोडल तथा समाजसेवीको रुपमा चिनिदै आएकी खुस्बु ओलीबीच एकताका राम्रै सम्बन्ध थियो । बेला बेलामा उनीहरुबीच रकम लेनदेन हुने गरेको थियो । सोही क्रममा २ वर्ष अघि ओलीले कटुवाललाई आफूले घरजग्गा किन्न लागेको र त्यसका लागि रकम अपुग भएको भन्दै सापट मागिन् । कटुवालले सहयोग स्वरुप ओलीलाई ३६ लाख रुपैयाँ दिए । लामो समयसम्म पनि आफ्नो रकम फिर्ता नपाएपछि गत वर्ष साउनमा कटुवालले काठमाडौं जिल्ला अदालतमा चेक बाउन्स मुद्दा दायर गरे । सो मुद्धामा अदालतले खुस्बु ओलीलाई दोषी ठहर गर्दै ३ महिनाको सजाय सुनायो ।

यस्तै नरेशकुमार न्यौपानेले लिएको ६ लाख रुपैयाँको चेक बाउन्स भएको विषयमा उजुरी परेपछि ग्रेटर नेपालका अभियन्ता बताउने फणीन्द्र नेपाल पक्राउ परेका छन् ।

यी दुई प्रतीनिधि उदाहरण मात्रै हुन् । महानगरिय प्रहरी परिषद्मा दैनिक ४० वटा चेक बाउन्सका उजुरी आउनेको घुँइचो लाग्ने गरेको छ । प्रहरीका अनुसार पछिल्लो समय चेक बाउन्सका घटना अत्याधिक मात्रामा बढेको जनाएको छ । आर्थिक अपराधका घटनाहरु घुमेर चेक बाउन्सका रुपमा प्रहरीमा उजुरी आउने गरेको छ । आर्थिक अपराधमा चेक बाउन्सका घटना सबभन्दा धेरै रहेको प्रहरीको भनाई छ ।

व्यक्ति र बर्गमा, ठुला ठुला लेनदेनमा विजनेस पाटनरसीममा विजनेस गर्दा कसैले काम गरीदिन्छ भनेर प्रलोभनमा पार्न पहिला चेक काटिदिने तर रकम भने नदिने गर्नाले बाउन्सका घटना हुने गरेको प्रहरीको बुझाई छ ।

केहि समययता चलचित्र क्षेत्रमा पनि चेक बाउन्सका घटना बढ्न थालेको छ । तीन पटकसम्म चेक बाउन्स भयो भने कानुनी दायरामा ल्याउने र निवेदन लिएर घटनाको प्रकृती अनुसार कारवाहि गरिने महानगरिय प्रहरी परिसरका प्रमुख उत्तमराज सुवेदीको भनाई छ ।

प्रहरीका अनुसार दैनिक २० हजार रुपैयाँदेखि डेढ करोड सम्मको ४० वटा उजुरी आउने गरेको छ । प्रहरीमा आर्थिक बर्ष मात्रै २४ सय ३७ वटा चेक बाउन्सको उजुरी आएकोमा ६ सय ८३ वटा मुद्धा दर्ता भईसकेको छ । ठगीमा मात्रै १ सय ८० उजुरी परेको छ ।

Related Post
Leave a Comment