बार अनुसार कुन देवताको कसरी पूजा गर्ने ?

२०७६ असार २ सोमवार
Newsdesk Shikharnews

हिन्दु धर्ममा विश्वास राख्ने हिन्दुहरुले हप्ताको सातै दिन फरक फरक भगवानको पुजा गर्ने चलन रहेको छ । विशेष व्रत उपवास बाहेक हप्ताको कुनै एक दिन बार अनुसार कुन भगवानलाई पुजिन्छ । त्यो भगवानको लागि व्रत बसेर पुजा गर्ने गर्छन् । त्यस्तै आज हामी तपाईहरुलाई कुन बार कुन भगवानको पुजा गर्नु राम्रो हुन्छ भन्ने बारे बताउन गइरहेका छौँ ।

१. आइतबारः आइतबारको दिन बिशेष गरेर सूर्य देवलाई मान्ने चलन रहेको छ । आइतबार सूर्य देवको पुजा गर्नेले व्रतालुहरुले एक छाक मात्र खाना खान्छन् । नुन तेल खादैनन् । व्रत बस्नेले रातो वस्त्र लगाउनुहुँदैन् ।तर पुजा गर्दा चाही रातो फुल चढाउनुपर्छ ।

२.सोमबारः विशेष गरेर सोमबारको दिन शिवजीको पुजा गर्ने परम्परा रहेको छ । यो दिन शिवजीको पुजा गरेमा शिवजी चाँडै प्रसन्न हुने विश्वास छ । शिवको मन्दिरमा गएर ‘अर्धनारीश्वर पुजा’ गर्ने अनि ‘ऊँ नमः शिवाय’ मन्त्र जप्नुपर्दछ। त्यो भन्दा शिवलाई खुसी बनाउन शिवपुराण पढ्दा राम्रो हुने र मागेको पाइने विश्वास छ । सोमबारको व्रत विवाहित महिला ले पति र परिवारको सुख शान्तिको लागि बस्ने गर्छन् भने अविवाहित महिलाले राम्रो पति पाउनको लागि व्रत बस्ने गर्छन् । यो दिन एक छाक मात्रै खाना खाने र नुन तेल नखाने परम्परा रहेको छ ।

३.मङ्गलबारः मंगलबारको दिन भगवान गणेशको पुजा गर्ने गरिन्छ । साथै मंगलबार काली माता, दुर्गा माता र हनुमानको पनि पुजा गरिन्छ। यो दिन व्रत बस्दा बिहानको खाना खानुहुँदैन् भने बेलुकाको खानामा नुन खानु हुँदैन् ।

४.बुधबारः बुधबारको दिन विथल देव कृष्णको पुजा गर्ने गरिन्छ । कृष्णको पुजा गर्दा तुलसीको पातले पुजा गर्नुपर्छ । नयाँ कामको सुरु गर्दा पनि बुधबार गर्नु शुभ मानिन्छ । कृष्णको व्रत बस्दा चाहेको कुराहरु पुग्ने विश्वास रहेको छ ।

५.विहिबारः बिहीबार विष्णु भगवानको पुजा गर्ने गरिन्छ । विष्णुको पुजा गर्दा दूध र घ्यू समावेश गर्नुपर्दछ। व्रत बस्ने व्रतालुले यो दिन दूग्धपदार्थ खाने र श्रीमद्भागवत पुराण पनि पाठ गर्दा राम्रो हुन्छ ।

६.शुक्रबारः शुक्रबारको दिनलाई महालक्ष्मी देवीको पुजा गर्ने चलन रहेको छ । यो दिन लक्ष्मी मातासँगै सन्तोषी माँ, अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पुजा गर्नुपर्छ । शुक्रबारको दिन व्रतालुहरुले मिष्ठान्न भोजन व्यञ्जन गरिनुको साथै व्रतालुहरुले मिठाइको परिकार खाने गर्छन् ।

७.शनिबारः शनिबारको दिन कसैलाई पनि शनिदेवको देष्टि नपरोस भनेर शनिदेवको पुजा गर्ने चलन रहेको छ । यो दिन व्रतालुहरुले कालो वस्त्र लगाउनुपर्छ । रात्री भोजमा नुन खानुहुँदैन् ।

यो पनि पढ्नुस्
सोमबार किन शिवको व्रत बसिन्छ ?

थाहा पाउनुस् असार २ गतेको राशीफल कस्तो छ ?

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) स्वास्थ्यमा समस्या आउनेछ । सहकर्मीबाट विरोध आउला । गरेका काममा ढिलासुस्ती हुनेछ । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । आज २ शुभ अंक हो ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । साथीभाईसंग समय बित्नेछ । व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । शुभ अंक ४ रहेको छ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मन खिन्न हुने स्थिति आउनेछ । शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । खर्चिलो यात्रा रहला । शुभ अंक १ हो ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) छोटो दुरीको लाभदायक यात्रा रहला । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । भूमिबाट लाभ रहला । शुभ अंकका रुपमा ५ रहेको छ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) यात्रामा मालसामान हराउन सक्छ । साझेदारी काममा उल्झन आउनेछ । चोटपटकको भयछ सचेत रहनुहोला । मनमा दुविधा उत्पन्न हुनेछ । शुभ अंक २ हो ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) श्रमको उचित मुल्याङ्कन हुनेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । जोश जाँगर र उमंग बढ्ला । आर्थिक कारोवारमा सफलता पाइएला । शुभ अंक ७ रहेको छ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) रोजगारको अवसर मिलनेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । आज यो राशीका लागि शुभ अंक ३ हो ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शुभकार्यको चर्चा चल्नेछ । रमणीय र सुखद यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । जोश जाँगर र हिम्मत वढ्नेछ । शुभ अंक २ छ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) ठीक समयमा सही निर्णय लिन सकिनेछ । महत्वपूर्ण कामको थालनी हुनेछ । समाजसेवामा मन लाग्नेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । शुभ अंक ५ हो ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) राजनैतिक कार्यमा सफलता मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । घरमा अतिथीको आगमन हुनेछ । शुभ अंक ३ हो ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) रमाइलो यात्राको सम्भावना छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । रोकिएको धन हात पर्ला । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । आज शुभ अंकका रुपमा ७ रहेको छ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) चिताएको कामले तीव्रता लिनेछ । कला,साहित्यमा रुचि बढ्नेछ । बैदेशिक कार्य अघी बढ्नेछ । घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ । शुभ अंक २ हो ।