अब बन्ने प्रधानमन्त्री ओली नै हो :एकनाथ ढकाल

Vianet

धनगढी । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले अगामी निर्वाचनपछि अध्यक्ष केपी शर्मा ओली फेरी प्रधानमन्त्री बन्ने दाबी गरेका छन् ।

Vianet

आइतबार नेकपा एमाले तथा नेपाल परिवार दल सुदूरपश्चिमले धनगढीमा सयुक्त आयोजना गरेको उम्मेदवार भेटघाट तथा अन्तरक्रिया कार्यकममा बोल्दै ढकालले नेपाली जनताले ओलीलाई प्रधानमन्त्रीमा निर्वाचित गर्दै परमादेश गलत भएको प्रमाणित गर्ने जिकिर गरे ।

सुर्यमा मत माग्दै देशव्यापी अभियानमा हिँडेका ढकालले जनतामा ओली प्यांस रहेको आफूले पाएको बताउदै मङ्सिर ४ गते जनताको उक्त प्यास मेटिने जिकिर गरे।

‘देशमा अहिले परमादेशबाट बनेको गठबन्धनको सरकार छ । नेपाली जनताको संमृद्वि, प्रगति नचाहने देशीविदेशी तत्वहरू संगको मिलोमतोमा अपारदर्शी र अलोकतान्त्रिक तरिकाले सरकारलाई बर्खास्त गर्नु आपतिजनक भन्दै नेता ढकालले संसदवाट प्रधानमन्त्री बन्ने संबैधानिक मान्यताको बिपरित अदालती परमादेशबाट प्रधानमन्त्री नियुक्तिको गलत पद्धति र नजिर सच्याउन मङ्सिर ४ गते जनताले सहि फैसला गर्ने विश्वास ब्यक्त गरे ।

परमादेशी सरकारलाई हटाउन र समृद्ध नेपाल सुखी, नेपालीको नारा साकार पार्न एमाले संग चुनावी तालमेल गर्नुको विकल्प नरहेको उनको भनाई थियो ।

सूर्य चिन्ह वाटै प्रतिनिधि सभाका समानुपातिक उम्मेदवार समेत रहेका ढकालले परिवार दलले सुदुरपश्चिमको विकासको लागि नेकपा एमालेसंग मिलेर काम गर्ने बताए।

उक्त कार्यक्रममा नेपाल परिवार दलका केन्द्रीय सदस्य एवं सुदुरपश्चिम संयोजक खडक सिंह, कञ्चनपुर क्षेत्र नं ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार नारदमुनी रानाको बिशेष उपस्थितिमा सम्पन्न भयो।

भेलामा बोल्दै नेता रानाले मंसिर– ४ पछि नेपाली जनताको आफ्नै सरकार वा ओली सरकार बन्ने र जसले मुलुकलाई समृद्धिको दिशातिर लाने दावी गर्दै मंसिर ४ पछि जनताको अनुहारमा खुसि बताए ।

कार्यक्रममा कञ्चनपुर ५ ख का उम्मेदवार दुर्गा प्रसाद जोशी, परिवार दलका केन्द्रीय सदस्य अधिवक्ता दयाराम कडेल, केन्द्रीय सदस्य निर्मला श्रेष्ठले आ–आफ्नो मन्तव्य राख्दै सुर्य चिन्हमा मतदान गर्न आग्रह गरे।

कार्यक्रमका सभापति खडक नागरिले सुदुरपश्चिम प्रदेशवाट सुर्य चिन्हमा २० हजार हजार मत खसाल्ने दावी गर्दै सुदुरपश्चिमका सबै जिल्लामा परिवार दलले एमाले लाइ सघाउने बताए।

नेकपा ऐमालेका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार नारदमुनी राना, प्रदेश सभा ५ (क) का उम्मेदवार नेपालु चौधरी र प्रदेश सभा ५ (ख) का उम्मेदवार दुर्गा प्रसाद जोशी, प्रदेश सभा सदस्य समानुपातिक उम्मेदवार धर्म राज पाठक, नेपाल परिवार दलका केन्द्रीय सदस्यहरू बिष्णु बि.क, निर्मला श्रेष्ठ, जितेन्द्र श्रेष्ठ, धर्म रोकाया, सुशील लामिछाने, पिस फोर्स नेपालका केन्द्रीय अध्यक्ष रविन्द्र चौलागाईं, परिवार दल कञ्चनपुर जिल्ला अध्यक्ष विशाल चौधरी , अनेरास्ववियू सुदुरपश्चिम संयोजक मनोज राई, नेपाल परिवार दलका सुदुरपश्चिम प्रदेशका सबै जिल्लाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

अध्यक्ष ढकालको स्वागतमा स्थानीय सस्कृति झल्कने झाकीहरु प्रस्तुत गरिएको थियो। कार्यक्रम लगतै आयोजित पत्रकार सम्मेलनमा पनि अध्यक्ष ढकालले ओलीको प्रसंसा गर्दै समसामयिक राजनीतिमा ओलीको तुलना अरु कोहि हुन नसक्ने दावी गर्दै उनलाई जनताले निर्बिकल्प फेरी प्रधानमन्त्री बनाउने ठोकुवा गरे ।

taximandu

प्रतिक्रिया

शिखरन्युज प्राइभेट लिमिटेडद्वारा संचालित

सुकेधारा, काठमाडौ, नेपाल
न्युज हटलाईन : ९८१३१२२०२२
shikharnews.tv@gmail.com
सुचना बिभाग दर्ता नम्बर – ९५/०७३-७४

प्रकाशक/अध्यक्ष : राम बहादुर खत्री
प्रबन्ध निर्देशक : कमल गौतम (समीप)
सम्पादक : कमल पुलामी
सल्लाहकार : भीष्म ओझा
बजार प्रबन्धक : सरु बान्तावा

© 2025 Copyright Shikharnews PVT LTD | All rights reserved

ताजा समाचार

ट्रेन्डिङ