जीवनमा कसरी सफलता प्राप्त गर्ने ?

Vianet

काठमाडौं । जीवनमा हरेक मानिस सफल भएर आफ्नो नाम कमाउन चाहन्छ । यसका लागि उसले दिनरात कडा मेहनत पनि गर्दछ ।

Vianet

तर पनि कैयौंपटक मेहनतबाहेक अन्य केही त्यस्ता मानिसका बानी हुन्छन् जसले उसलाई सफल हुन दिँदैनन् । आउनुहोस् जानौं तपाईंमा पनि यदि त्यस्ता बानी छन् भने तुरुन्त छोड्नुपर्छ ।

अल्छी
अल्छीपना नै मानिसको सबैभन्दा ठूलो दुश्मन हो । यदी तपाईंभित्र पनि अल्छीपना भरिएको छ भने जीवनमा कहिल्यै सफल हुन सक्नुहुन्न ।

बहस गर्नु

यदी तपाईंलाई धेरै रिस उठ्छ र हरेक कुरामा बहस गर्न लाग्नुहुन्छ भने यो एकदमै नराम्रो बानी हो । यसलाई तुरुन्त बदल्नु पर्छ, नत्र यो बानी तपाईंको दुश्मन बन्न सक्छ ।

नकारात्मक सोंच

यदी तपाईं दोस्रो व्यक्तिको बारेमा सधैं नराम्रो सोच्नुहुन्छ वा आफूलाई लिएर सधैं नकारात्मक रहनुहुन्छ भने यो एकदमै गलत हो । तपाईंले सधैं सकारात्मक सोंचेर अगाडि बढ्नुपर्ने हुन्छ ।

समय व्यतित

केही मानिसको बानी टाइम पास गर्ने हुन्छ । यो एकदमै नराम्रो बानी हो । यसरी तपाईं कहिल्यै सफल हुनुहुँदैन ।

सम्मान नगर्नु

यदी तपाईं ठूला साना लाई इज्जत गर्नुहुन्न भने यो पनि नराम्रो बानी हो । ठूलालाई इज्जत गर्ने र उनीहरुको सम्मान गर्नु नै सफलताको निसानी हो ।
गल्ती गरिरहनु

तपाईं पटक पटक एउटै गल्ती गर्नुहुन्छ र त्यसबाट पनि कुनै शिक्षा लिनुहुन्न भने तपाईं एकदमै बेवकुफ हुनुहुन्छ । यसरी तपाईं सफलता प्राप्त गर्न सक्नुहुन्न ।

झुठ बोल्नु

पटकपटक झुठ बोल्नु पनि एउटा नराम्रो बानी हो । यो बानीले तपाईं कतिपय अवस्थामा फस्न सक्नुहुन्छ र सफलता पनि तपाईंबाट टाढा भाग्छ । एजेन्सी

taximandu

प्रतिक्रिया

शिखरन्युज प्राइभेट लिमिटेडद्वारा संचालित

सुकेधारा, काठमाडौ, नेपाल
न्युज हटलाईन : ९८१३१२२०२२
shikharnews.tv@gmail.com
सुचना बिभाग दर्ता नम्बर – ९५/०७३-७४

प्रकाशक/अध्यक्ष : राम बहादुर खत्री
प्रबन्ध निर्देशक : कमल गौतम (समीप)
सम्पादक : कमल पुलामी
सल्लाहकार : भीष्म ओझा
बजार प्रबन्धक : सरु बान्तावा

© 2025 Copyright Shikharnews PVT LTD | All rights reserved

ताजा समाचार

ट्रेन्डिङ