‘मिसेस युनिभर्स २०२३’ मा नेपालको प्रतिनिधित्व गर्दै विमला

Vianet

काठमाडौं। आगामी अक्टोबरमा फिलिपिन्समा हुने ४६औं ‘मिसेस युनिभर्स २०२३’ प्रतियोगितामा लण्डनकी विमला बुढाथोकीले प्रतिनिधित्व गर्ने भएकी छन्। लण्डन फेसन हाउसले हालै कोरोनेसन नाइट समारोहबीच ‘मिसेस नेपाल युनिभर्स २०२२’ की ‘फष्ट रनर अप’ बुढाथोकीलाई ‘मिसेस नेपाल युनिभर्स २०२३’ घोषणा गरेपछि उनी फिलिपिन्स जाने भएकी हुन्।

Vianet

बुढाथोकीलाई मनिषा डंगोल र ‘मिसेस नेपाल युनिभर्स २०२२’ कि विजेता सन्नी शाहीले ‘मिसेस नेपाल युनिभर्स २०२३’ को क्राउन लगाइदिएका थिए। फिलिपिन्समा हुने प्रतियोगितामा सय भन्दा बढी मुलुकका मिसेस सुन्दरीहरूको सहभागिता रहने आयोजक संस्थाकी निर्देशक मनिषा डंगोल श्रेष्ठले जानकारी गराइन्। विमलाले नेपालको प्रतिनिधित्व गर्न पाउँदा आफू निकै उत्साहित रहेको र अब प्रतियोगिता तयारीमा लाग्ने बताइन्।

सन् २०१० देखि बेलायत बस्दै आएकी विमलाले ट्राभल टुरिजम एण्ड हस्पिटालिटी म्यानेजमेन्टमा ब्याचलर्स गरेकी छन्। क्याबिन क्रुको तालिमसमेत लिनुभएकी विमलाले नेपाल छँदा दुई वर्ष सिंगापुर एअरलाइन्समा काम गरेकी थिइन्।

हाल उनी बेलायतको एक प्रतिष्ठित क्याफे चेन ‘प्रेट अ मंगर’ मा म्यानेजरका रुपमा कार्यरत छिन्। तीन वर्षीया छोरी र श्रीमानसहित बेलायत बस्दै आएकी विमला नेपाली समाजका विभिन्न इभेन्ट्स तथा सामाजिक कार्यमा आवद्ध रहनुका साथै च्यारिटी संस्थासँग पनि सहकार्य गर्दै आएकी छन् । बेलायतमा समेत नेपाली कला, संस्कृतिलाई प्रवद्र्धन गर्ने उनको चाहना छ।

(https://chiringa.com/)

taximandu

प्रतिक्रिया

शिखरन्युज प्राइभेट लिमिटेडद्वारा संचालित

सुकेधारा, काठमाडौ, नेपाल
न्युज हटलाईन : ९८१३१२२०२२
shikharnews.tv@gmail.com
सुचना बिभाग दर्ता नम्बर – ९५/०७३-७४

प्रकाशक/अध्यक्ष : राम बहादुर खत्री
प्रबन्ध निर्देशक : कमल गौतम (समीप)
सम्पादक : कमल पुलामी
सल्लाहकार : भीष्म ओझा
बजार प्रबन्धक : सरु बान्तावा

© 2025 Copyright Shikharnews PVT LTD | All rights reserved

ताजा समाचार

ट्रेन्डिङ