सातौं संस्करणको ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल’ सम्पन्न

Vianet

काठमाडौं। ब्रबिम बराल, आरुष भट्टराई, सायुरी कडेल र अक्क्षयनी दाहाल ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल २०२३’ घोषित भएका छन्। जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल’को सातौं संस्करणमा सिनियर, जुनियर बालक र बालिका गरेर यी चार विजेता छानिएका हुन्।

Vianet

प्रतियोगितामा जुनियर बालकतर्फ ब्रबिम बराल, सिनियर बालकतर्फ आरुष भट्टराई विजेता बन्दा जुनियर बालिकातर्फ सायुरी कँडेल र सिनियर बालिकातर्फ अक्क्षयनी दाहालले उपाधि आफ्नो पोल्टामा पारे। त्यस्तै प्रतियोगितामा जुनियर बालकतर्फ सम्भव जैन फष्ट रनअप, आर्देन सुवेदी सेकण्ड रनरअप चुनिँदा सिनियर बालकतर्फ भियोम गोयल फष्ट रनरअप र आरजय कोइराला सेकेण्ड रनरअप हुन सफल भए।

त्यस्तै प्रतियोगितामा जुनियर बालिकातर्फ सदीक्षा जिसी फष्ट रनरअप र राधिका गोयल सेकेयड रनरअप बन्दा सिनियर बालिकातर्फ सावलिन महर्जन फष्ट रनरअप र दृष्टि शाह सेकेण्ड रनरअप बने। रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजना र दावा टेक्नोलोजी एचएमसी नेपाल प्रालिको मुख्य प्रायोजन रहेको प्रतियोगिताको फाइनल स्पर्धामा सम्पूर्ण देवापाटे (प्रिन्सिपल माछापुच्छ्रे स्कुल तथा एकडेमिक निर्देशक), लव कार्की (सञ्चारकर्मी), पुनम भट्ट (अफिसर अर्थमन्त्रालय), मुकुन भुसाल (अभिनेता), जयराम अधिकारी (मातृभुमि स्कुलका कोर्अडिनेटर), प्रदीप बज्राचार्य (अध्यक्ष टिम नेपाल)लगायत निर्णायक रहेका थिए।

बालबालिकाको प्रतिभा निखार्दै उनीहरूलाई भविष्य निर्माणमा सक्षम बनाउने उद्देश्यले प्रतियोगिता नियमित आयोजना हुँदै आएको रेडियन्ट इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक, अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले बताए।

taximandu

प्रतिक्रिया

शिखरन्युज प्राइभेट लिमिटेडद्वारा संचालित

सुकेधारा, काठमाडौ, नेपाल
न्युज हटलाईन : ९८१३१२२०२२
shikharnews.tv@gmail.com
सुचना बिभाग दर्ता नम्बर – ९५/०७३-७४

प्रकाशक/अध्यक्ष : राम बहादुर खत्री
प्रबन्ध निर्देशक : कमल गौतम (समीप)
सम्पादक : कमल पुलामी
सल्लाहकार : भीष्म ओझा
बजार प्रबन्धक : सरु बान्तावा

© 2025 Copyright Shikharnews PVT LTD | All rights reserved

ताजा समाचार

ट्रेन्डिङ