‘परदेशी-२’ को ट्रेलरमा प्रेम, विछोड, खुसी र द्वन्द्व

Vianet

काठमाडौं। चलचित्र ‘परदेशी-२’को ट्रेलर सार्वजनिक गरिएको छ। दशैँको अवसर पारेर यही शुक्रबार २६ असोजदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘परदेशी-२’को ट्रेलर सार्वजनिक गरिएको हो।

Vianet

ट्रेलरमा अध्ययनका लागि युवाको विदेश यात्रा र त्यसले घरमा सिर्जना गर्ने पारिवारिक एवं सामाजिक संवेदना चित्रण गरिएको छ । ट्रेलरमा प्रेम, विछोड, खुसी र द्वन्द्व देखिन्छ।

नारायण रायमाझीले निर्देशन गरेको चलचित्रमा प्रकाश सपूतको डेब्यु र शीर्ष भूमिका रहेको छ। चलचित्रमा केकी अधिकारी, वर्षा शिवाकोटी, प्रशान्त तामाङ र दीलिप रायमाझी मुख्य भूमिकामा छन्।

‘गोर्खा पल्टन’मा लाहुरेको भूमिकामा देखिएका अभिनेता प्रशान्त तामाङलाई यो चलचित्रमा पनि सोही भूमिकामा देख्न सकिन्छ। राजेश वंशल र निर्देशक रायमाझीको संयुक्त निर्माण रहेको चलचित्र रमेश बिजीले लेखेका हुन्।

taximandu

प्रतिक्रिया

शिखरन्युज प्राइभेट लिमिटेडद्वारा संचालित

सुकेधारा, काठमाडौ, नेपाल
न्युज हटलाईन : ९८१३१२२०२२
shikharnews.tv@gmail.com
सुचना बिभाग दर्ता नम्बर – ९५/०७३-७४

प्रकाशक/अध्यक्ष : राम बहादुर खत्री
प्रबन्ध निर्देशक : कमल गौतम (समीप)
सम्पादक : कमल पुलामी
सल्लाहकार : भीष्म ओझा
बजार प्रबन्धक : सरु बान्तावा

© 2025 Copyright Shikharnews PVT LTD | All rights reserved

ताजा समाचार

ट्रेन्डिङ