एआई प्रविधिका कारण दक्षिण कोरियामा लाखौँको रोजगारी जोखिममा

Vianet

काठमाडौं। आगामी दुई दशकमा दक्षिण कोरियामा करिब ४० लाख रोजगारी कृत्रिम बौद्धिकता (एआई, आर्टिफिसियल इन्टेलिजेन्स) प्रविधिले प्रतिस्थापन गर्ने जोखिममा रहेको जारी केन्द्रीय बैंकको एक अध्ययनमा बताइएको छ।

Vianet

तीव्ररूपमा अगाडि बढिरहेको एआई प्रविधिले रोजगारी गुमाउने र साइबार हमलादेखि लिएर मानिसले डिजाइन गरेका प्रणालीमा नियन्त्रण गुमाउनेसम्मका सबै कुरामा वैश्विक चिन्ता उत्पन्न गरिदिएको छ।

बैंक अफ कोरियाको नयाँ अध्ययनमा घरेलुस्तरमा एआईलाई अपनाउनेहरू बढिरहेकाले दक्षिण कोरियामा करिब ३९ लाख रोजगारी खतरामा रहेको जनाइएको छ । एआईबाट चिकित्सक, वकिल, एकाउन्टेन्ट तथा रसायनशास्त्रीहरू सबैभन्दा धेरै जोखिममा रहेको व्यवसायमा पर्नेछन्।

“उच्च शैक्षिक पृष्ठभूमि र उच्च आम्दानी भएका कामदारहरूले एआईको ठूलो जोखिमको सामना गर्नुपर्नेछ र उनीहरूलाई एआईले प्रतिस्थापन गर्ने ठूलो जोखिम छ”, अध्ययनमा भनिएको छ।

एआईले सेतो पोशाकधारी (चिकित्सक) को विश्लेषणात्मक र बौद्धिक कार्यलाई सजिलै पूरा गर्न सक्ने भएकाले यस्ता नोकरी सबैभन्दा ठूलो जोखिममा पर्ने अध्ययनमा उल्लेख छ ।

अध्ययनअनुसार एआईका कारण आफ्नो जागिर गुमाउने सबैभन्दा कम सम्भावना भएका व्यक्तिह धार्मिक, खाद्य सेवा र शिक्षण क्षेत्रका हुनेछन् ।

बैंक अफ कोरियाको अध्ययनमा भनिएको छ, “एआई प्रविधि विद्यमान रोजगारीका लागि खतरा हो तर यसले एआई प्रणाली विकसित गर्ने इन्जिनियर र एआईसँग सम्बन्धित स्टार्ट–अपहरूमा नयाँ नयाँ रोजगारीको अवसरसमेत सिर्जना गर्दछ ।”

taximandu

प्रतिक्रिया

शिखरन्युज प्राइभेट लिमिटेडद्वारा संचालित

सुकेधारा, काठमाडौ, नेपाल
न्युज हटलाईन : ९८१३१२२०२२
shikharnews.tv@gmail.com
सुचना बिभाग दर्ता नम्बर – ९५/०७३-७४

प्रकाशक/अध्यक्ष : राम बहादुर खत्री
प्रबन्ध निर्देशक : कमल गौतम (समीप)
सम्पादक : कमल पुलामी
सल्लाहकार : भीष्म ओझा
बजार प्रबन्धक : सरु बान्तावा

© 2025 Copyright Shikharnews PVT LTD | All rights reserved

ताजा समाचार

ट्रेन्डिङ