सामाजिक सञ्जालको नियमन गर्ने १९ प्रकारका प्रतिबन्ध यस्ता छन्

२०८० पुस ६ शुक्रवार
NewsDesk ShikharNews

काठमाडौं। सरकारले सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका स्वीकृत गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद्, सामाजिक समितिबाट पेश भएको सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिक, २०८० स्वीकृत गर्ने निर्णय गरेको हो ।

सरकारले स्वीकृत गरेको सामाजिक सञ्जालको प्रयोग नियमन गर्ने निर्देशिकामा १९ प्रकारका प्रतिबन्ध लगाइएको छ।

अब तपाई हामीले पोष्ट गर्दा तलका प्रतिबन्धित बुँदाहरु ध्यान नदिए सहजै कार्वाही हुने देखिन्छ ।

~ व्यक्तिको तस्बिर विकृत रूपले परिमार्जन गर्न (Photoshop Edited Post)

~  फेक खाता बनाउन र त्यस्ता खाताबाट विषयवस्तु उत्पादन वा सेअरका साथै टिप्पणी गर्न (Fake ID and Post)

~  घृणा फैलाउने, सामाजिक सद्भाव र सहिष्णुतामा आँच आउने प्रकृतिका अभिव्यक्ति दर्शाउने शब्द, श्रव्यदृश्य, तस्बिर सेयर गर्ने र ट्रोल गर्न (Troll against religious tolerance)

~ अपमानजनक शब्द, श्रव्यदृश्य, तस्बिर, ट्रोल बनाइ घृणायुक्त अभिव्यक्ति, गाली बेइज्जती गर्न, हेट स्पीच मानिने कार्य गर्न (Insulting and Hate speech)

~  निजी मामिलाका फोटो भिडिओ अनुमतिविना प्रयोग गर्न (Others Photo & Video without Permission)

~  अश्लील शब्द, तस्बिर, भिडिओ, अडियो एनिमेसन प्रसारण, प्रकाशन, टिप्पणी गर्न (Abusing Stuffs)

~  बालबालिकालाई हानी पुर्‍याउने सामग्री तथा बाल यौन शोषण, यौन दुर्व्यवहार, देह व्यापार जस्ता निषिद्ध क्रियाकलापलाई प्रोत्साहन गर्न (Content Harmful to Children)

~  मिथ्या सूचना, भ्रामक सूचना, दुष्प्रचार, सूचना तोडमरोड प्रकाशन वा प्रसारण गर्न (False information)

~  जुवा खेलाउने वा जुवा खेल्न प्रोत्साहन गर्न (Gambling)

~  सामाजिक सञ्जाल प्रयोग गरी कसैको आईडी तथा सूचना ह्याक गर्न र फिसिङ, इम्पोष्टर जस्ता कार्य गर्न लगायत छन्। (Hack, Fishing etc )