जाडोमा छाला जलेर कालो भएको छ भने यस्ता छन् केही घरेलु उपायहरु !

Vianet

काठमाडौं । जाडोको समयमा सबैलाई घाममा बस्न एकदमै मन पर्छ जसले गर्दा छाला जलेर कालो हुन थाल्छ । त्यसैले जाडोमा कालो भएको छालामा प्राकृतिक चमक वा गोरोपन ल्याउनका लागि केही घरेलु उपायहरु अपनाउन सकिन्छ ।

Vianet

दैनिक रुपमा एलोवेरा जेल लगाएर अनुहारमा १५ मिनेटका लागि राख्ने । यसले छाला जलेर कालो भएको समस्याबाट छुट्कारा दिन्छ ।

तपाईं कालो भएको छालामा दही र बेसारको मिश्रण पनि लगाउन सक्नुहुन्छ । यसलाई जलेको ठाउँमा लगाएर १५ मिनेट राख्नुहोस् र सफा पानीले धुनुहोस् । दैनिक रुपमा यस्तो गर्नाले तपाईंको छालामा प्राकृतिक निखार आउँछ ।

त्यस्तै यदी चिल्लो छाला छ भने आलुको रसको प्रयोग पनि गर्न सकिन्छ । यदी तपाईंको छाला सुख्खा छ भने यसको प्रयोग गर्नबाट जोगिनुहोस् ।

तपाईं जलेको छालालाई चम्काउनका लागि दही र टमाटरको मिश्रण पनि लगाउन सक्नुहुन्छ । दहीले छाला मोइस्चर गराउँछ भने टमाटरले जलेको ठाउँमा चमक ल्याउँछ । एजेन्सी

taximandu

प्रतिक्रिया

शिखरन्युज प्राइभेट लिमिटेडद्वारा संचालित

सुकेधारा, काठमाडौ, नेपाल
न्युज हटलाईन : ९८१३१२२०२२
shikharnews.tv@gmail.com
सुचना बिभाग दर्ता नम्बर – ९५/०७३-७४

प्रकाशक/अध्यक्ष : राम बहादुर खत्री
प्रबन्ध निर्देशक : कमल गौतम (समीप)
सम्पादक : कमल पुलामी
सल्लाहकार : भीष्म ओझा
बजार प्रबन्धक : सरु बान्तावा

© 2025 Copyright Shikharnews PVT LTD | All rights reserved

ताजा समाचार

ट्रेन्डिङ