८७८ दिन १२ घण्टा अन्तरिक्षमा बसेर नयाँ कीर्तिमान

Vianet

मस्को। रुसी अन्तरिक्ष एजेन्सी रोस्कोसमोस हालैका केही अन्तरिक्ष अभियानहरूमा असफल भएको छ तर आज पनि यो यस क्षेत्रमा ठूलो खेलाडी हो भन्ने पुनः पुष्टि भएको छ।

Vianet

रूसको रोस्कोसमोस अन्तरिक्ष यात्रीले अन्तरिक्षमा सबैभन्दा लामो समय बसेर नयाँ कीर्तिमान बनाएका छन् र आफ्ना एक सहकर्मीको अघिल्लो रेकर्ड तोडेका छन्। जानकारीका अनुसार रुसी अन्तरिक्ष यात्री ओलेग कोनोनेन्को सबैभन्दा लामो समय अन्तरिक्षमा बस्ने यात्रु बनेका छन्।

यसअघि ५९ वर्षीय ओलेगले ८७८ दिन १२ घण्टाभन्दा बढी अन्तरिक्षमा बिताएर यो रेकर्ड कायम गरेका हुन्। उनका सहकर्मी गेन्नाडी पडल्काले सन् २०१५ मा ८७८ दिन ११ घण्टा २९ मिनेट ४८ सेकेण्ड अन्तरिक्षमा बसेर कीर्तिमान बनाएका थिए, जुन अहिले तोडिएको छ।

तर, ओलेग कोनोनेन्कोले यो कीर्तिमान आफ्नो एक अन्तरिक्ष यात्रामा नभई सन् २००८ देखि ५ वटा अन्तरिक्ष यात्रामा बनाएका हुन्। यो उल्लेखनीय छ कि रसिया र अमेरिका लगायत अन्य देशका अन्तरिक्ष यात्रीहरू पृथ्वीबाट ४०० किलोमिटर माथि रहेको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा रहन जाने गर्छन् र त्यहीँ बसेर अन्तरिक्ष अभियान पूरा गर्छन्।

पेशाले इन्जिनियर ओलेगले रुसको सरकारी समाचार एजेन्सी तासलाई भने कि आइएसएसको निरन्तर स्तरोन्नतिको कारणले आइएसएसको प्रत्येक यात्रा सावधानीपूर्वक तयारी आवश्यक छ। उनले आफूलाई अन्तरिक्षमा उड्न मन लागेको बताए। कीर्तिमान बनाउने उद्देश्यले उनी त्यहाँ गएका भने होइनन्। ओलेगले भने कि उनी बाल्यकालदेखि नै अन्तरिक्ष यात्री बन्न चाहन्थे।

ओलेग कोनेनेंको पछिल्लो यात्रा १५ सेप्टेम्बर २०२३ मा उडान भरेका छन्। नासाका अन्तरिक्ष यात्री लोरल ओहारा र उनका सहकर्मी निकोलाई चुबसँग उडान भरेका हुन्। अब उनी फर्किएपछि अन्तरिक्षमा १ हजार दिन पूरा गर्ने विश्वास गरिएको छ।

taximandu

प्रतिक्रिया

शिखरन्युज प्राइभेट लिमिटेडद्वारा संचालित

सुकेधारा, काठमाडौ, नेपाल
न्युज हटलाईन : ९८१३१२२०२२
shikharnews.tv@gmail.com
सुचना बिभाग दर्ता नम्बर – ९५/०७३-७४

प्रकाशक/अध्यक्ष : राम बहादुर खत्री
प्रबन्ध निर्देशक : कमल गौतम (समीप)
सम्पादक : कमल पुलामी
सल्लाहकार : भीष्म ओझा
बजार प्रबन्धक : सरु बान्तावा

© 2025 Copyright Shikharnews PVT LTD | All rights reserved

ताजा समाचार

ट्रेन्डिङ