सात महिनामा साइबर अपराधका १३ हजार तीन सय ३० उजुरी

Vianet

काठमाडौं। चालु आर्थिक वर्षको साउनदेखि माघ २३ गतेसम्म साइबर अपराधसम्बन्धी १३ हजार तीन सय ३० वटा निवेदन प्रहरीमा दर्ता भएका छन्। तीमध्ये सामाजिक सञ्जालसम्बन्धी ११ हजार चार सय २५ वटा र सूचना प्रविधिसँग सम्बन्धित वित्तीय अपराध एक हजार नौ सय पाँच वटा रहेका छन्। साइबर अपराधमा मुद्दा चलेकामध्ये हालसम्म ५१ जनालाई पक्राउ गरिएको छ।

Vianet

नग्न तस्वीरमा व्यक्तिको मुहार जोडी विभिन्न सामाजिक सञ्जालमा राख्ने, अश्लील तस्वीर तथा भिडियो सामाजिक सञ्जालमा प्रकाशित गर्ने, अरूको सूचना आफ्नो नियन्त्रणमा लिई फिरौती माग गर्ने, सामाजिक सञ्जालमा अन्य व्यक्तिको नाम तथा तस्वीर प्रयोग गरी प्रोफाइल पेज खोलेर बेइज्जत गर्ने सरकारी तथा अन्य सङ्घसंस्थाको वेबसाइट ह्याक गर्ने र अनलाइन ठगी गर्नेजस्ता प्रवृत्ति साइबर अपराधमा पाइएको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले सूचना प्रविधिको विकास र प्रयोगसँगै देखिने यस्ता प्रवृत्ति र अपराधका नयाँ शैलीले साइबर अपराध अनुसन्धान कार्यलाई चुनौती थपेको बताएक छन्।

सात महिनाको अवधिमा दर्ता भएका निवेदनमध्ये सामाजिक सञ्जालतर्फ फेसबुक म्यासेन्जरको दुरूपयोगका नौ हजार तीन सय ५० वटा, भाइबरका १६ वटा, इमोका छ वटा, युट्यबका ३९ वटा, ट्वीटरका छ वटा, इन्स्ट्राग्रामका चार सय ३२ वटा, वेबसाइट ह्याकिङका छ वटा, टिकटकका छ सय ६७ वटा, इमेलका ८० वटा, ई–सेवाका एक सय ९० वटा र अन्य साइबर अवराधतर्फ एक सय १८ वटा रहेका छन्।

यसैगरी, सूचना प्रविधिसँग सम्बन्धित वित्तीय अपराध सामाजिक सञ्जाल ह्याकका चार सय तीन वटा, उपहार र पैसा पठाएकोसम्बन्धी दुई सय ६४ वटा, लट्री परेको प्रलोभन देखाइ ठगी गरेका ३३ वटा, वैदेशिक रोजगारको प्रलोभनका ३८ वटा, अनलाइन जागिर कोठा खोजी दिनेतर्फ ३५ वटा, बैंक तथा वालेट अफिसबाट बोलेको भनेर एकाउन्ट ह्याकका एक सय ५२ वटा, मास्टर कार्डरमनी एक्सचेञ्जसमेत ६१ वटा, भिडियो सेयरिङ र ब्ल्याकमेलिङका ३५ वटा, क्रिप्टोसँग सम्बन्धित ९५ वटा, अनलाइन सपिङका चार सय ६० वटा, सामाजिक सञ्जाल फेक आइडि ६७ वटा र अन्य साइबर अपराधमा दुई सय ६२ वटा उजरी परेका छन्।

taximandu

प्रतिक्रिया

शिखरन्युज प्राइभेट लिमिटेडद्वारा संचालित

सुकेधारा, काठमाडौ, नेपाल
न्युज हटलाईन : ९८१३१२२०२२
shikharnews.tv@gmail.com
सुचना बिभाग दर्ता नम्बर – ९५/०७३-७४

प्रकाशक/अध्यक्ष : राम बहादुर खत्री
प्रबन्ध निर्देशक : कमल गौतम (समीप)
सम्पादक : कमल पुलामी
सल्लाहकार : भीष्म ओझा
बजार प्रबन्धक : सरु बान्तावा

© 2025 Copyright Shikharnews PVT LTD | All rights reserved

ताजा समाचार

ट्रेन्डिङ