भदौ १४ मा मिलन चाम्सको ‘वर एण्ड वधु’

Vianet

काठमाडौं। मिलन चाम्स निर्देशित चलचित्र ‘वर एण्ड वधु’ भदौ १४ मा सिनेमाघरमा आउने भएको छ। निर्माणटिमले चलचित्रको पोष्टर सार्वजनिक गर्दै सिनेमाघरमा आउने मिति सार्वजनिक गरेको हो।

Vianet

सार्वजनिक पोष्टरमा अभिनेत्री आँचल शर्मा र नव-नायक विवेक कर्माचार्यलाई स्थान दिइएको छ। चलचित्रमा आँचल र विवेकसँगै गरिमा शर्मा, विजु पार्की, हिमेश पन्त, श्रृष्टी खड्का, विजय लामा, किरण केसी, कुसुम शर्मा, सरिता लामिछाने, सीता न्यौपाने, सुरवीर पण्डित, हिउवाला गौतम, यमन श्रेष्ठलगायतका कलाकारको अभिनय छ।

जानुका थापाको लगानी रहेको चलचित्रको कार्यकारी निर्माता अमित रिजाल हुन्। एलआरके प्रोडक्शनको व्यारनमा निर्माण भएको चलचित्रमा सुदीप बरालको छायांकन, हिमाल केसीको एक्सन छ। चलचित्रलाई नेपाल र रोमानियामा छायांकन गरिएको हो। चलचित्रको यतिबेला पोष्ट प्रोडक्शनको काम भइरहेको निर्देशक चाम्सले जानकारी गराए।

taximandu

प्रतिक्रिया

शिखरन्युज प्राइभेट लिमिटेडद्वारा संचालित

सुकेधारा, काठमाडौ, नेपाल
न्युज हटलाईन : ९८१३१२२०२२
shikharnews.tv@gmail.com
सुचना बिभाग दर्ता नम्बर – ९५/०७३-७४

प्रकाशक/अध्यक्ष : राम बहादुर खत्री
प्रबन्ध निर्देशक : कमल गौतम (समीप)
सम्पादक : कमल पुलामी
सल्लाहकार : भीष्म ओझा
बजार प्रबन्धक : सरु बान्तावा

© 2025 Copyright Shikharnews PVT LTD | All rights reserved

ताजा समाचार

ट्रेन्डिङ