लामो समय नेपाली चलचित्रबाट टाढा रहेका अभिनेत्रीहरुको ‘कमब्याक’

Vianet

काठमाडौं। केही समय नेपाली चलचित्रबाट टाढा रहेका अभिनेत्रीहरू पुनः चलचित्र र टेली शृङ्खलाको माध्यमबाट पर्दामा फर्किंदैछन्।

Vianet

अरुणिमा लम्साल, विपना थापा, रेजिना उप्रेतीलगायत अभिनेत्रीहरू एक दशकपछि यस वर्ष पर्दामा देखिँदैछन्। कुनै समय यी अभिनेत्रीले धेरै नेपाली चलचित्रमा अभिनय गरेका थिए।

पछिल्लो समय एक दशकअगाडि ‘वरदान’ नामक चलचित्रमा देखिएकी अभिनेत्री उप्रेतीले हालै ‘मोदिबेनी’ नामक चलचित्रमा अभिनय गरेकी छन्। यसपटकको चलचित्रमा उप्रेतीले मुख्य भूमिकामा अभिनय गरेकी छन्। विशेषतः डिजिटल प्रविधिमा चलचित्र बन्ने क्रम बढ्नाका साथै कथ्य शैलीमा परिवर्तन आएपछि उनी चलचित्रबाट टाढा रहेकी थिइन्।

अभिनेत्री उप्रेतीजस्तै एक दशकपछि पर्दामा देखिँदैछिन् , अभिनेत्री लम्साल । पछिल्लो समय अमेरिकामा बसोबास गर्दै आएकी अभिनेत्री लम्साल ‘घरः बट इन अमेरिका’ नामक वेब शृङ्खलामार्फत अभिनयमा ‘कमब्याक’ गर्न लागेकी हुन्।

उनले छायांकन गर्न तयार गरिएको ‘सेट’मा फर्किदा महसुश भएको अनुभवलाई शब्दमा व्यक्त गर्न नसकिने बताइन्। “अभिनयमा फर्किंदा नर्भस र उत्साहित छु। पहिलोपटक काम गरेजस्तो लागिरहेको छ। अहिलेको प्रस्तुतीकरण र कथ्य शैली फेरिएको कारण म त्यहीअनुरूप काम गरिरहेकी छु”, अभिनेत्री लम्सालले भनिन्, “मैले अभिनय छाडेकी होइन तर अमेरिकामा बसोबास गर्ने भएकाले निरन्तरता दिन नसकेकी हुँ ।” अब भने अभिनयलाई निरन्तरता दिने उनले बताइन् । यो शृङ्खला यसै वर्ष डिजिटल प्लेटफर्ममार्फत प्रदर्शन गरिनेछ।

यसै वर्ष प्रदर्शन हुने चलचित्र ‘ह्रस्व दीर्घ’ मार्फत अभिनेत्री थापा झन्डै चौध वर्षपछि अभिनयमा फर्किएकी छन्। “पारिवारिक कारणले गर्दा लामो समय यस क्षेत्रबाट टाढा भएँ । छोरा हुर्किएपछि काममा फर्किएकी हुँ। यसपटक काम गर्दा पहिलो चलचित्र झैँ अनुभव गरेँ। छायांकनको अनुभवलाई शब्दमा व्यक्त गर्न सक्दिन्”, अभिनेत्री थापाले भनिन्।

अभिनेत्री निरुता सिंहले पनि चलचित्र ‘दाल भात तरकारी’मार्फत अभिनयमा पुनरागमन गरेकी थिइन्। यद्यपि सिंह पनि अभिनेत्री थापा झैँ भारतमा बसोबास गर्ने भएकाले त्यसपछि अभिनयलाई निरन्तरता दिन सकेकी छैनन्।

यी अभिनेत्रीहरूले अभिनयमा ‘कमब्याक’ त गरे तर निरन्तरता हुन्छ वा हुँदैन भन्ने प्रश्नको जवाफ उनिहरूसँग पनि छैन। यसैगरी कुनैबेला धेरै नेपाली दर्शकले रुचाएझैँ फेरि त्यही अवस्था रहन्छ वा रहन्न भन्ने प्रश्न पनि अनुत्तरित नै छ।

taximandu

प्रतिक्रिया

शिखरन्युज प्राइभेट लिमिटेडद्वारा संचालित

सुकेधारा, काठमाडौ, नेपाल
न्युज हटलाईन : ९८१३१२२०२२
shikharnews.tv@gmail.com
सुचना बिभाग दर्ता नम्बर – ९५/०७३-७४

प्रकाशक/अध्यक्ष : राम बहादुर खत्री
प्रबन्ध निर्देशक : कमल गौतम (समीप)
सम्पादक : कमल पुलामी
सल्लाहकार : भीष्म ओझा
बजार प्रबन्धक : सरु बान्तावा

© 2025 Copyright Shikharnews PVT LTD | All rights reserved

ताजा समाचार

ट्रेन्डिङ