यातायात कार्यालय एकान्तकुनामा देखिएका समस्या तत्काल समाधान गर्न नेपाल अटोमोटिभ व्यावसायी एसोसिएसनको माग

Vianet

काठमाडौं । नेपाल अटोमोटिभ व्यावसायी एसोसिएसनले यातायात कार्यालय एकान्तकुनामा  सर्भर सम्बन्धि समस्या लगायत अन्य यातायात कार्यालय देखिने विभिन्न खाले समस्याहरु समाधानका लागि आग्रह गर्दै ध्यानाकर्षण पत्र बुझाएको छ ।

Vianet

सोमबार एसोसिएसनका कार्यवाहक अध्यक्ष कुमार चिमोरिया, महासचिव प्रकाश बस्नेत, सचिव नेत्र कटुवाल लगायतको टोलीले यातायात व्यावस्था कार्यलय, एकान्तकुना पुगि कार्यालय प्रमुख हरिहर पोखरेल सँग भेटगरी हाल यातायात व्यावस्था कार्यालय, एकान्तकुनामाअ देखिएका विभिन्न खाले समस्याहरु तत्काल समाधान गर्न आग्रह गरेको हो ।

छलफलका क्रममा यातायात व्यवस्था कार्यालयका प्रमुख हरिहर पोखरेलले चाँडो भन्दा चाँडो हाल देखिएका सर्भर नचल्ने, पाकिङ्ग सम्बन्धी, सवारी जाँचपास सम्बन्धी, शौचालय सम्बन्धी समस्याहरुलाई समाधान गर्ने विश्वास दिलाएका थिए ।

त्यस्तै उनले सम्पुर्ण अटोमोटिभ व्यावसायीहरुको समस्या बुझ्न तथा समाधान गर्न आफू सकारात्मक रहेको पनि बताएका थिए । यातायात कार्यालयमा सर्भर नचल्दा तीन दिन देखि सबै कामकाज ठप्प भएको थियो ।

taximandu

प्रतिक्रिया

शिखरन्युज प्राइभेट लिमिटेडद्वारा संचालित

सुकेधारा, काठमाडौ, नेपाल
न्युज हटलाईन : ९८१३१२२०२२
shikharnews.tv@gmail.com
सुचना बिभाग दर्ता नम्बर – ९५/०७३-७४

प्रकाशक/अध्यक्ष : राम बहादुर खत्री
प्रबन्ध निर्देशक : कमल गौतम (समीप)
सम्पादक : कमल पुलामी
सल्लाहकार : भीष्म ओझा
बजार प्रबन्धक : सरु बान्तावा

© 2025 Copyright Shikharnews PVT LTD | All rights reserved

ताजा समाचार

ट्रेन्डिङ