बधाइ दिन गएका अटोमोटिभ व्यवसायीलाई प्रधानमन्त्रीले भने-‘समस्याहरु हटाउन सकारात्मक छु’

Vianet

काठमान्डौं,  अटोमोबाइल्स क्षेत्रमा काम गर्ने सम्पुर्ण अटोमोबाइल्स व्यावसाय र व्यावसायीहरुलाई
समेट्ने गरि बनेको नयाँ  संस्था नेपाल अटोमोटिभ व्यावसायी एसोसिएसनका कार्यबाहक अध्यक्ष कुमार चिमोरियाको नेतृत्वमा महासचिव प्रकाश बस्नेत, सचीव कमल गौतम र नेत्र कटुवाल सहितको प्रतिनिधि मण्डलले शुक्रबार प्रधानमन्त्री के.पि शर्मा ओलि संग भेटघाट गरि शुभकामना सहित यस अटोमोटिभ व्यवसाय क्षेत्रमा देखिएका विभिन्न  चुनौती र समस्याहरुका बिषयमा  छलफल गरि  समाधान उपायहरु बारे जानकारी  समेत गराएका थिए ।

Vianet

उक्त नेपाल अटोमोटिभ व्यवसायि एसोसिएसनले सातै प्रदेशका यातायात कार्यालयमा देखिने सर्भर सम्बन्धि समस्या  पाार्किङ्ग, सौचालय, लगायतका समस्याहरु सहित १५ वर्ष माथि थप करका विषय, सहज कर्जा, उपलब्ध गराउने,  नयाँ तथा पुराना सवारी खरिद बिक्री गर्दाका बखत आर्थिक कारोबार चेकमा गर्दा भोक्न परेका समस्या, उचित मापदण्ड र कानुन नबन्दा अटोमोटिभ मर्मत केन्द्रहरुले खेप्न परेका विभिन्न समस्या र नक्कली गाडीका पार्ट्सबाट उपभोक्ता ठगिने समस्याहरु जस्ता सात बुदे माग सहितका बिषयमा छलफल गरिएको बताइएको छ ।

बधाइ दिन गएका अटोमोटिभ व्यवसायीहरुलाई प्रधानमन्त्रीले समस्याहरु समाधान गर्न आफू सकारात्मक रहेको भनी प्रतिबद्धता जनाएका थिए ।

अटोमोटिभ व्यावसाय क्षेत्रमा देखिएका समस्या समाधान गर्न यस अघि पनि नेपाल अटोमोटिभ व्यवासायी एसोसिएसनले सम्बन्धित सरोकारवाला निकायहरु सँग छलफल गर्दै आएको बताएको छ ।

यस्तो छ नेपाल अटोमोटिभ व्यावसायी एसोसिएसनको सात बुदे माग सहितको ध्यानाकर्षण पत्र :

taximandu

प्रतिक्रिया

शिखरन्युज प्राइभेट लिमिटेडद्वारा संचालित

सुकेधारा, काठमाडौ, नेपाल
न्युज हटलाईन : ९८१३१२२०२२
shikharnews.tv@gmail.com
सुचना बिभाग दर्ता नम्बर – ९५/०७३-७४

प्रकाशक/अध्यक्ष : राम बहादुर खत्री
प्रबन्ध निर्देशक : कमल गौतम (समीप)
सम्पादक : कमल पुलामी
सल्लाहकार : भीष्म ओझा
बजार प्रबन्धक : सरु बान्तावा

© 2025 Copyright Shikharnews PVT LTD | All rights reserved

ताजा समाचार

ट्रेन्डिङ