पहिलो पटक नेपालमा मोटरसाइकल मार्शलिङ तालीम भदौं २८ र २९ गते काठमाडौंमा हुने

Vianet

काठमाडौं ५ भदौ । फेडेरेसन इन्टरनेश्नल दी मोटरसाईक्लिजम (एफआईएम)को मार्सल तालिम नेपालमा पहिलो पटक आयोजना हुने भएको छ ।

Vianet

मोटोभर्स स्पोर्ट्स क्लबको आयोजनामा एफआईएमको मार्सल तालिम भदौंको २८ र २९ गते काठमाडौंमा हुन लागेको हो ।
फर्मुला वान र मोटोजिपी जस्ता ईभेन्टहरुका अनुभवी प्रशिक्षकबाट मार्सल तालिम सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ ।

एफआईएम एसियाको संयोजनमा हुने मार्सल तालिममा एफआईएम एसियाका उपाध्यक्ष सुजित कुमार, एफएमएससीआईका वरिष्ठ प्रशिक्षक सञ्जय सुनेजा लगायतका अन्तराष्ट्रिय स्तरका प्रशिक्षकले प्रशिक्षण दिने कार्यक्रम रहेको छ । मार्सल तालिममा देशभरका ७० जनाले प्रशिक्षण लिने मोटोभर्स स्पोर्ट्सका अध्यक्ष आशिष रौनियारले जानकारी दिए ।

तालिम अन्तर्गत मार्सेलिङ टेक्निक, सेफ्टी प्रोटोकल, रेस अफिसियल्स, ईभेन्ट म्यानेजमेन्ट, र्याली र टुरिङ लगायतका विषयमा प्रशिक्षण दिईनेछ ।

नेपाल अटोमोबाईल्स एसोसियसन (नासा) नेपालसँग आबद्ध भएका क्लब प्रतिनिधि, स्वयमसेवक र मोटर स्पोर्ट्ससँग सम्बन्धित ईच्छुक व्यक्तिले मार्सल तालिकमा भाग लिन सक्नेछन् । सहभागीताका लागि नाम दर्ता प्रक्रिया भदौ २२ सम्म खुल्ला रहने क्लबले जनाएको छ ।

नेपाली मोटरसाईक्लिङको क्षेत्रमा पहिलो पटक सबैभन्दा ठुलो प्राविधिक तालिम आयोजना हुन लागेको क्लबले जनाएको छ ।

taximandu

प्रतिक्रिया

शिखरन्युज प्राइभेट लिमिटेडद्वारा संचालित

सुकेधारा, काठमाडौ, नेपाल
न्युज हटलाईन : ९८१३१२२०२२
shikharnews.tv@gmail.com
सुचना बिभाग दर्ता नम्बर – ९५/०७३-७४

प्रकाशक/अध्यक्ष : राम बहादुर खत्री
प्रबन्ध निर्देशक : कमल गौतम (समीप)
सम्पादक : कमल पुलामी
सल्लाहकार : भीष्म ओझा
बजार प्रबन्धक : सरु बान्तावा

© 2025 Copyright Shikharnews PVT LTD | All rights reserved

ताजा समाचार

ट्रेन्डिङ