राजेशपायल र मेलिनाको स्वरमा यस्तो बन्यो प्रहरी प्रवक्ताको ‘दसैं रमाइलो’ (भिडियो)

Vianet

काठमाडौं। नेपालीहरुको ठूलो चाँड दसैंको पूर्व सन्ध्यामा नेपाल प्रहरीका प्रवक्ता डिआइजी दानबहादुर कार्कीको दसैं गीत सार्वजनिक भएको छ। कार्कीले लेखेको ‘दसैं रमाइलो’ बोलको गीत सार्वजनिक भएको हो।

Vianet

गीतमा चर्चित गायक राजेशपायल राई र मेलिना राईले स्वर भरेका छन्। दीपक शर्माको संगीत, श्यामस्वेत रसाइलको एरेन्ज रहेको गीतको भिडियोमा अभिनेत्रीद्धय दीपाश्री निरौला, प्रियंका कार्की र सरोज ओली फिचर्ड छन्। दसैँको रौनक देखिने गीतमा तीनैजनाले टीका र जमरा लगाएर छमछमी नाचेका छन्।

करणसिंह चासिरको छायांकन, भुपेन्द्र अधिकारीको सम्पादन रहेको गीतको भिडियो कोरियोग्राफी तथा निर्देशन जेरी भण्डारीले गरेका छन्।

‘विशिष्ट सांस्कृतिक महत्व बोकेको नेपालीहरुको महान चाड हो,’ गीतबारे गीतकार कार्कीले भने, ‘यसले समग्र नेपालीमा उत्पन्न गर्ने हौसला र दसै मान्न नपाउनेहरुको समग्र मनस्थिती र अवस्थालाई यो गीतमार्फत झल्काउन खोजिएको छ। गीत समग्र नेपालीको भावनालाई प्रतिनिधित्व गर्ने गरी र यसको सांस्कृतिक महत्वलाई उजागर गर्नेगरी बनाइएको छ। नाच्ने खालको गीत बनेकाले यसपटकको दसैंमा दर्शक झुमेर नाच्न पनि सक्छन् ।’

प्रवक्ता कार्कीले दुइ साताअघि मात्रै प्रहरीको पीडा र भावना उजागर गरिएको ‘फूलको वासना सरी’ बोलको गीत सार्वजनिक भएको थियो।

taximandu

प्रतिक्रिया

शिखरन्युज प्राइभेट लिमिटेडद्वारा संचालित

सुकेधारा, काठमाडौ, नेपाल
न्युज हटलाईन : 
info.shikharnews@gmail.com
सुचना बिभाग दर्ता नम्बर – ९५/०७३-७४

प्रकाशक/अध्यक्ष : राम बहादुर खत्री