ट्रम्पले अमेरिकी चुनाव जिते युद्ध सहयोग रोकिने चिन्तामा युक्रेनीहरू

Vianet

किएभ। युक्रेनीहरू अमेरिकी राष्ट्रपति चुनाव अभियानको अन्तिम दिनहरूलाई चिन्तापूर्वक हेरिरहेका छन्। केहीले डोनाल्ड ट्रम्पको जितले वासिङ्टनको महत्त्वपूर्ण सहयोग रोक्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।

Vianet

मंगलबारको अमेरिकी मतदान रुससँगको युद्ध तेस्रो वर्षमा प्रवेश गरिरहेको बेला हुँदैछ। युद्धमा सङ्ख्यामा कम र कमजोर हतियार भएको युक्रेनी सेनाले रुसी सेनाको अग्रगमनको सामना गरिरहेको छ।

मस्कोको प्योङयाङसँगको गठबन्धन पहिलेभन्दा बलियो देखिएको छ। वासिङ्टन र सोलले हजारौं उत्तर कोरियाली सैनिक रुस पठाइएको बताएका छन्।

यसको विपरीत युक्रेनका युद्ध-थकित समर्थकहरू ट्रम्पको ह्वाइट हाउसमा सम्भावित फर्काइले थप निराश हुन सक्छन्। ट्रम्पले किएभलाई कुनै सहयोगको आश्वासन दिएका छैनन्।

“ट्रम्पको जितले गम्भीर जोखिमहरू सिर्जना गर्नेछ। स्थिति चिन्ताजनक हुनेछ”, अमेरिकामा युक्रेनका पूर्वराजदूत ओलेग सामसुरले एएफपीलाई भने।

वासिङ्टनले नाटो-व्यापी युक्रेनलाई समर्थन गरेको छ। किएभले अत्यधिक शक्तिशाली रुसविरुद्ध लड्न सक्षम बनाउने अर्बौं डलरको आर्थिक र सैन्य सहयोग प्राप्त गरेको छ।

यद्यपि यो समर्थन विगत केही महिनामा युरोप र संयुक्त राज्य अमेरिकामा कमजोर भएको छ।युक्रेनप्रति अमेरिकी समर्थनको ट्रम्पको बारम्बार आलोचना र २४ घण्टाभित्र लडाइँ समाप्त गर्ने दाबीले युक्रेनको चिन्ता बढाएको छ।

“न त उहाँ न त उहाँको टोलीले युक्रेनको विजयमा विश्वास गर्छन्”, सामसुरले भने।

जसले जिते पनि

ट्रम्पले उनी युक्रेनको जित चाहन्छन् वा चाहँदैनन् भन्न अस्वीकार गरेका छन् र युद्ध अन्त्य गर्ने कुनै रणनीति सार्वजनिक गरेका छैनन्।

उनका सहयोगी जेडी भान्सले चारैतिर असैन्यीकृत क्षेत्र स्थापना गर्ने गरी वर्तमान सीमामा युद्धविराम गर्न वकालत गरेका छन्।

ट्रम्पको योजनाले किएभलाई क्रेमलिनको इच्छाअनुसार नाटोमा सामेल हुने आकांक्षा त्याग्न दबाब दिनेछ। यसले युक्रेनलाई थप आक्रमणको जोखिममा पार्नेछ।

“यो पुटिनका लागि विश्राम हुनेछ”, रुसले त्यो समय आफ्नो सेना पुनर्निर्माण गर्न र तयार भएपछि ‘युक्रेनको पूर्ण विनाश’ को लक्ष्य पुनः सुरु गर्न प्रयोग गर्ने विश्वास व्यक्त गर्दै सामसुरले भने।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले माग गरेको क्षेत्रीय सहुलियतलाई पहिले नै अस्वीकार गरिसकेका छन्। “जसले चाहे पनि र अमेरिकामा जसले जिते पनि युक्रेनले यी क्षेत्रहरूलाई (रुसी भनेर) मान्यता दिनेछैन”, उनले दक्षिण कोरियाली टिभी च्यानल केबीएसलाई दिएको अन्तर्वार्तामा भने।

तथापि युक्रेनी राष्ट्रपति कार्यालयका एक वरिष्ठ अधिकारीले एएफपीसँगको कुराकानीमा बढी मेलमिलापपूर्ण विचार व्यक्त गरे।

उहाँले सेप्टेम्बरमा संयुक्त राज्य अमेरिकामा भएको ट्रम्प र जेलेन्स्कीबीचको भेट ‘धेरै राम्रो’ भएको बताए। “ट्रम्पले निश्चय पनि पुटिनसँग अमेरिकाको इज्जत गुमाउने व्यक्ति हुन चाहनु हुनेछैन”, नाम नखुलाई उनने भने।

ती अधिकारीका अनुसार युक्रेनले सबै सम्भावित परिणामहरूका लागि तयारी गरिरहेको छ र दुवै उम्मेदवारका टोलीहरूसँग सम्बन्ध बढाइरहेको छ।

विपत्ति

जसले चुनाव जिते पनि उसले युक्रेनको युद्धको सामना गर्नुपर्नेछ। युद्धमा स्थिति मस्कोको पक्षमा मोडिँदै गएको देखिन्छ।

अमेरिकन इन्स्टिच्युट फर द स्टडी अफ वारको तथ्यांकको एएफपी विश्लेषणअनुसार रुसले अक्टोबर महिनामा मात्र चार सय ७८ वर्गकिलोमिटर युक्रेनी क्षेत्रमा अघि बढेको छ। यो सन् २०२२ मार्च यताकै रेकर्ड हो।

यी लाभमध्ये दुई तिहाई दाबी गरिएको डोनेट्स्क क्षेत्रमा ५१ वर्षीय युक्रेनी सर्जेन्ट सर्गीले व्यावहारिक दृष्टिकोण राखेको बताए।

उनले भने, “अमेरिकाले हामीलाई सहयोग गरिरहेसम्म कसले जित्छ भन्ने कुरामा मलाई चासो छैन।” तर उनले ट्रम्पको जित युक्रेनका लागि मात्र नभई संयुक्त राज्य अमेरिकाका लागि पनि विपत्ति हुनसक्ने भविष्यवाणी गरे।

सन् २०२३ को अन्त्य र सन् २०२४ को सुरुआतमा ट्रम्पका समर्थकहरूले अमेरिकी सैन्य सहायता रोक्दा युक्रेनी सैनिकहरूले रिपब्लिकन अवरोधको पहिलो स्वाद चाखेका थिए। त्यसले युक्रेनी सेनालाई गोलाबारुद राशन गर्न बाध्य पार्यो र रुसलाई गति बढाउन अनुमति दियो।

“यदि यो वर्षको सुरुमा जस्तै भयो भने यो धेरै, धेरै नराम्रो हुनेछ”, सर्गीले भने।

उही क्षेत्रमा लड्ने एक युवा सैनिक बोग्दानले ट्रम्पले ‘केवल अमेरिकाको शक्ति, दृढता र क्षमता देखाउन चाहने’ आशा व्यक्त गरे।

युक्रेनको दोस्रो सबैभन्दा ठूलो शहर खार्किभमा अन्तर्वार्ता दिएका अर्का सैनिक रोडियन पनि विश्वस्त थिए। “मलाई थाहा छ उनीहरूले हामीलाई धोका दिने छैनन्।” उनले ‘अन्त्यसम्म, हाम्रो विजयसम्म’ लड्ने प्रतिज्ञा गरे।

taximandu

प्रतिक्रिया

शिखरन्युज प्राइभेट लिमिटेडद्वारा संचालित

सुकेधारा, काठमाडौ, नेपाल
न्युज हटलाईन : ९८१३१२२०२२
shikharnews.tv@gmail.com
सुचना बिभाग दर्ता नम्बर – ९५/०७३-७४

प्रकाशक/अध्यक्ष : राम बहादुर खत्री
प्रबन्ध निर्देशक : कमल गौतम (समीप)
सम्पादक : कमल पुलामी
सल्लाहकार : भीष्म ओझा
बजार प्रबन्धक : सरु बान्तावा

© 2025 Copyright Shikharnews PVT LTD | All rights reserved

ताजा समाचार

ट्रेन्डिङ