एनपीएलमा आज दुई खेल हुँदै

Vianet

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन्। एनपीएलको आजको पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।

Vianet

यो खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९:१५ बजे सुरु हुनेछ। यस्तै दिउँसो १ बजे हुने दोस्रो खेल कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच हुनेछ।

चितवन ३ जित र १ हारसहित ६ अंकका साथ लिगको तेस्रो स्थानमा छ। चितवनको कप्तानी नेपाली राष्ट्रिय टोलीका नियमित सदस्य कुशल मल्लले गरिरहेका छन्।

यता राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले कप्तानी गरेको लुम्बिनी लायन्स भने सबै खेल हारेर पुछारमा छ। उसले कुनै अंक जोड्न सकेको छैन। लुम्बिनी पहिलो चरणबाटै बाहिरिने सम्भावना प्रबल छ।

taximandu

प्रतिक्रिया

शिखरन्युज प्राइभेट लिमिटेडद्वारा संचालित

सुकेधारा, काठमाडौ, नेपाल
न्युज हटलाईन : ९८१३१२२०२२
shikharnews.tv@gmail.com
सुचना बिभाग दर्ता नम्बर – ९५/०७३-७४

प्रकाशक/अध्यक्ष : राम बहादुर खत्री
प्रबन्ध निर्देशक : कमल गौतम (समीप)
सम्पादक : कमल पुलामी
सल्लाहकार : भीष्म ओझा
बजार प्रबन्धक : सरु बान्तावा

© 2025 Copyright Shikharnews PVT LTD | All rights reserved

ताजा समाचार

ट्रेन्डिङ