नेपाल अपराजित रहँदै ‘सुपर फोर’मा

Vianet

काठमाडाैं। एसिसी यू-१९ महिला एसिया कपमा नेपाल अपराजित रहँदै सुपर फोरमा पुगेको छ। भारतको यू-१९ टोलीसँग निर्धारित खेल वर्षाका कारण रद्द भएपछि अपराजित नेपाल अङ्क तालिकाको शीर्षस्थानमा रहँदै अर्को चरणमा पुगेको हो।

Vianet

मलेसियाको कोलालाम्पुरमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ९४ रनको समान्य योगफल तयार गरेको थियो।

नेपालका लागि कप्तान पुजा महतोले सर्वाधिक २५ रन जोड्ने बाहेक अन्य ब्याटरले उल्लेख्य रन जोड्न सकेनन्। नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याउने क्रममा भारी वर्षा भए पछि भारतले ब्याटिङ गर्न सकेन र खेल रद्द भयो।

पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेको नेपालको तीन अङ्क छ ।

समान एक खेल जितेको भारतको पनि तीन अङ्क नै छ । अब नेपालले सुपर फोरमा बिहीवार बिहान श्रीलंकासँग पहिलो खेल खेल्नेछ भने शुक्रवार बंगलादेशसँग दोस्रो खेल खेल्नेछ ।।

taximandu

प्रतिक्रिया

शिखरन्युज प्राइभेट लिमिटेडद्वारा संचालित

सुकेधारा, काठमाडौ, नेपाल
न्युज हटलाईन : ९८१३१२२०२२
shikharnews.tv@gmail.com
सुचना बिभाग दर्ता नम्बर – ९५/०७३-७४

प्रकाशक/अध्यक्ष : राम बहादुर खत्री
प्रबन्ध निर्देशक : कमल गौतम (समीप)
सम्पादक : कमल पुलामी
सल्लाहकार : भीष्म ओझा
बजार प्रबन्धक : सरु बान्तावा

© 2025 Copyright Shikharnews PVT LTD | All rights reserved

ताजा समाचार

ट्रेन्डिङ