एनपिएलः जनकपुरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

Vianet

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गतको पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सलाई पराजित गर्दै सुदुरपश्चिम रोयल्स फाइनलमा पुगेको छ। सुदुरपश्चिमले जनकपुरलाई ८ विकेटले पराजित गर्दै पहिलो संस्करणको एनपिएलको फाइनलमा स्थान पक्का गरेको हो।

Vianet

जनकपरले दिएको एक सय ४० रनको लक्ष्य पछ्याएको सुदुरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर पुरा गर्‍यो। सुदुरपश्चिमका लागि ओपनर बिनोद भण्डारीले अर्धसतकीय पारी खेले। उनले ५५ बलमा ३ चौका र ३ छक्काको मद्दतमा ५८ रन बनाए।

यस्तै अर्का ओपनर सेफ जैब २१ बलमा तीन चौका र दुई छक्का प्रहार गर्दै ३२ रन बनाएर आउट भए । सुदुरपश्चिमका लागि ब्रान्डन म्याकमुलेनले २५ रन बनाए। कप्तान दीपेन्द्र सिंह ऐरीले २० रन बनाए।

बलिङमा जनकपुरका ललित राजवंशी र किशोर महतोले समान एक एक विकेट लिए।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ३९ रन बनाएको थियो। जनकपुरका लागि जिमि निशामले सर्वाधिक ४५ रन बनाए। उनले २३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे।

यस्तै शुभ कंसाकारले २६, लाहिरु मिलान्था र हर्ष ठाकेरले समान १२ १२, तथा कप्तान आसिफ शेख र अर्निको यादवले समान ११ ११ रन बनाए।

बलिङमा सुदुरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए। सेफ जैबले दुई तथा स्कट कुग्गेलिन र अभिनाष बोहोराले एक एक विकेट लिए।

पराजित जनकपुरले बिहिबार कर्णाली याक्ससँग दोस्रो क्वालिफायर खेल्नेछ। उक्त खेलको विजेताले फाइनलमा सुदुरपश्चिकसँग उपाधिका लागि खेल्नेछन्।

taximandu

प्रतिक्रिया

शिखरन्युज प्राइभेट लिमिटेडद्वारा संचालित

सुकेधारा, काठमाडौ, नेपाल
न्युज हटलाईन : ९८१३१२२०२२
shikharnews.tv@gmail.com
सुचना बिभाग दर्ता नम्बर – ९५/०७३-७४

प्रकाशक/अध्यक्ष : राम बहादुर खत्री
प्रबन्ध निर्देशक : कमल गौतम (समीप)
सम्पादक : कमल पुलामी
सल्लाहकार : भीष्म ओझा
बजार प्रबन्धक : सरु बान्तावा

© 2025 Copyright Shikharnews PVT LTD | All rights reserved

ताजा समाचार

ट्रेन्डिङ