नेपाल प्रिमियर लिगको उपाधि जनकपुरलाई

Vianet

काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि जनकपुर बोल्ट्सले जितेको छ।

Vianet

फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै जनकपुरले उपाधि हात पारेको हो। जनकपुरले सुदूरपश्चिमलाई पाँच विकेटले पराजित गर्‍यो।

सुदूरपश्चिमले दिएको एक सय ८५ रनको लक्ष्य जनकपुरले ओभरमा विकेट गुमाएर पूरा गर्‍यो। जनकपुरका लागि ओपनर लाहिरु मिलान्थाले शानदार ब्याटिङ गरे।

उनले सर्वाधिक ८७ रन बनाए। ४९ बल खेलेका उनले ९ चौका र ४ छक्का प्रहार गरे। यस्तै अर्का ओपनर आसिफ शेखले १९ बलमा ४ चौका र दुई छक्का प्रहार गर्दै ३३ रन बनाए। हर्ष ठाकेरले रन बनाए।

सुदूरपश्चिमका लागि सेफ जैब, स्कट कुगेलिन, कप्तान दीपेन्द्र सिंह ऐरी र इशान पाण्डेयले समान एक एक विकेट लिए।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सुदूपश्चिमले निर्धारित २० ओभरमा  ९ विकेट गुमाएर एक सय ८४ रन बनाएको थियो। सुदुरपश्चिमका लागि ओपनर बिनोद भण्डारी र सेफ जैबले राम्रो सुरुवात गरेका थिए।

उनीहरुले पहिलो विकेटका लागि एक सय १७ रनको साझेदारी गरे। अर्धसतक प्रहार गरेका जैब ६९ रन बनाएर आउट भए। उनले ४३ बलमा ८ चौका र २ छक्का प्रहार गरे।

भण्डारीले ३१ बलमा एक चौका र तीन छक्काको मद्दतमा ४१ रन बनाए। यस्तै ब्राण्डन म्याकमुलेन र हरमित सिंहले समान १४ १४ रन बनाए। स्कट कुगेलिनले १३ रन बनाउँदा कप्तान दीपेन्द्र सिंह ऐरीले ८ रन बनाएर आउट भए।

जनकपुरका लागि मोहम्मद मोहसिन र किशोर महतोले समान तीन तीन विकेट लिए। यस्तै जिमी निशाम र ललित राजवंशीले समान एक एक विकेट लिए।

उपाधिसँगै जनकपुरले ट्रफीसहित एक करोड १० लाख प्राप्त गरेको छ भने  उपविजेता सुदूरपश्चिमले ५१ लाख प्राप्त गरेको छ। साथै तेस्रो भएको कर्णाली याक्सले रु २५ लाख र चौथो भएको चितवन राइनोजले  १५ लाख प्राप्त गर्नेछन्।

taximandu

प्रतिक्रिया

शिखरन्युज प्राइभेट लिमिटेडद्वारा संचालित

सुकेधारा, काठमाडौ, नेपाल
न्युज हटलाईन : ९८१३१२२०२२
shikharnews.tv@gmail.com
सुचना बिभाग दर्ता नम्बर – ९५/०७३-७४

प्रकाशक/अध्यक्ष : राम बहादुर खत्री
प्रबन्ध निर्देशक : कमल गौतम (समीप)
सम्पादक : कमल पुलामी
सल्लाहकार : भीष्म ओझा
बजार प्रबन्धक : सरु बान्तावा

© 2025 Copyright Shikharnews PVT LTD | All rights reserved

ताजा समाचार

ट्रेन्डिङ