अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टरको निधन

Vianet

काठमाडौं। अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टरको १०० वर्षको उमेरमा निधन भएको छ। कार्टर सेन्टरले जारी गरेको विज्ञप्ति अनुसार पूर्वराष्ट्रपति कार्टरको आइतबार जर्जियास्थित आफ्नै घरमा निधन भएको हो।

Vianet

कार्टर सन् १९७७ देखि १९८१ सम्म अमेरिकाका ३९ औं राष्ट्रपति थिए। सय वर्ष बाँचेर कार्टर अमेरिकी इतिहासमा सबैभन्दा लामो समय बाँच्ने पूर्वराष्ट्रपति पनि बनेका थिए।

उनको निधनमा अमेरिकी राष्ट्रपति जो बाइडनले शोक व्यक्त गरेका छन्। विज्ञप्ति जारी गर्दै उनले लेखेका छन्, ‘अमेरिका र विश्वले एक असाधारण नेता, राजनीतिज्ञ र मानवतावादी गुमाएको छ।’

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उनलाई श्रद्धाञ्जली अर्पण गरेका छन्।  उनले लेखेका छन्, ‘जिम्मीले राष्ट्रपतिको रूपमा सामना गरेका चुनौतीहरू हाम्रो देशका लागि परिभाषित थिए र अमेरिकी जनताको जीवन सुधार गर्न उनले काम गरे।’

मध्यपूर्वमा शान्ति स्थापनाका लागि ऐतिहासिक क्याम्प डेभिड सम्झौता गर्न मध्यस्थता गरेकाले उनले सन् २००२ मा नोबेल शान्ति पुरस्कार पनि पाएका थिए। उनले पदमा रहँदा वा नरहँदा पनि कार्टर सेन्टरको नामबाट शान्ति, मानवअधिकार, चुनाव पर्यवेक्षण लगायतका सेवामुलक क्षेत्रमा काम गर्दै आएका थिए।

उनी अमेरिकाको इतिहासमा सबैभन्दा लामो समयसम्म जीवित रहेका राष्ट्रपति थिए।

taximandu

प्रतिक्रिया

शिखरन्युज प्राइभेट लिमिटेडद्वारा संचालित

सुकेधारा, काठमाडौ, नेपाल
न्युज हटलाईन : ९८१३१२२०२२
shikharnews.tv@gmail.com
सुचना बिभाग दर्ता नम्बर – ९५/०७३-७४

प्रकाशक/अध्यक्ष : राम बहादुर खत्री
प्रबन्ध निर्देशक : कमल गौतम (समीप)
सम्पादक : कमल पुलामी
सल्लाहकार : भीष्म ओझा
बजार प्रबन्धक : सरु बान्तावा

© 2025 Copyright Shikharnews PVT LTD | All rights reserved

ताजा समाचार

ट्रेन्डिङ