असोज १९ र २० गते सार्वजनिक विदा 

Vianet

काठमाडौं।  नेपाल सरकार, गृह मन्त्रालयले देशभर असोज १९ र २० गते (आइतबार र सोमबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

Vianet

मन्त्रालयले आज प्रकाशित एक सूचनामार्फत आगामी दुई दिनका लागि बिदा दिने निर्णय भएको जानकारी गराएको हो।

जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त सूचना अनुसार असोज १८ देखि २० गतेसम्म देशका विभिन्न स्थानहरूमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना छ।

वर्षाका कारण बाढी, डुवान, भू–क्षय जस्ता विपद् उत्पन्न हुने सम्भावनाका साथै सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने, साथै मानवीय क्षति समेत हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै गृह मन्त्रालयले सतर्कता अपनाउँदै अत्यावश्यक सेवाबाहेकका सबै कार्यालय बन्द गर्ने निर्णय लिएको हो।

यस अवधिमा नागरिकहरूलाई अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन र सुरक्षित स्थानमा बस्न मन्त्रालयले अनुरोध समेत गरेको छ।

गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेका अनुसार, सार्वजनिक सुरक्षालाई मध्यनजर गर्दै निर्णय गरिएको हो।

taximandu

प्रतिक्रिया

शिखरन्युज प्राइभेट लिमिटेडद्वारा संचालित

सुकेधारा, काठमाडौ, नेपाल
न्युज हटलाईन : ९८१३१२२०२२
shikharnews.tv@gmail.com
सुचना बिभाग दर्ता नम्बर – ९५/०७३-७४

प्रकाशक/अध्यक्ष : राम बहादुर खत्री
प्रबन्ध निर्देशक : कमल गौतम (समीप)
सम्पादक : कमल पुलामी
सल्लाहकार : भीष्म ओझा
बजार प्रबन्धक : सरु बान्तावा

© 2025 Copyright Shikharnews PVT LTD | All rights reserved

ताजा समाचार

ट्रेन्डिङ