
काठमाडौं। सुनचाँदीको मूल्यले आज पनि नयाँ रेकर्ड राखेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २३ सय रुपैयाँले बढेर २ लाख ३५ हजार ४ सय रुपैयाँ कायम भएको छ। सोमबार सुन प्रतितोला २५ सयले बढेर २ लाख ३३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार सुनको मूल्य प्रतितोला २ लाख ३० हजार ६ सय रुपैयाँ थियो । आइतबार पनि सुनको मूल्य ७ हजार ४ सय रुपैयाँले बढेर रेकर्ड राखेको थियो । आज सुनको मूल्य बढेपनि मंगलबार चाँदीको मूल्य भने २९ सय ६० रुपैयाँमा स्थिर रहेको छ ।
