विपिन जोशीको भिडियो फेला परेको दाबी, आजै सार्वजनिक हुने सम्भावना

Vianet

काठमाडौं। इजरायली गुप्तचर निकायले किबुत्ज आलुमिमबाट हमासको अपहरणमा परेका नेपाली विद्यार्थी बिपिन जोशीको नयाँ भिडियो प्राप्त गरेको जेरुसेलम पोस्टले जनाएको छ ।

Vianet

भिडियो बुधबार बेलुकी सार्वजनिक गरिने भनेर बन्धक परिवार फोरमले जनाएको छ।

जेरुसेलम पोस्टका अनुसार जोशी परिवारले एक विज्ञप्तिमा भनेको छ: ‘गाजामा फेला परेको यो जीवनको प्रमाण, जुन हामी आज तपाईंहरूसँग साझा गर्दैछौं, यसले हामीलाई उहाँ जीवित हुनुहुन्छ भन्ने अटल विश्वास दिन्छ।’ जोशी कृषि शिक्षा कार्यक्रममा सहभागी हुन इजरायल पुगेका थिए। उनलाई किबुत्ज आलुमिमबाट अपहरण गरिएको थियो ।

जेरुसेलम पोस्टका अनुसार वाल स्ट्रिट जर्नलको नोभेम्बर २०२३ को रिपोर्टमा बिपिन जोशीले आफू बसेको आश्रयस्थलमा लुकेका सबैको ज्यान बचाउन महत्वपूर्ण भूमिका खेलेका थिए।

दुईटा ग्रेनेड झ्याल नभएको कोठाभित्र छिरेपछि, उनले तीमध्ये एकलाई समातेर बाहिर फ्यालिदिएका थिए। दोस्रो ग्रेनेड चाहिँ सफलतापूर्वक फ्याल्न नसकेपछि विस्फोट भएको थियो । जसले उनका पाँच साथीलाई गम्भीर घाइते बनाएको रिपोर्टमा उल्लेख छ।

जेरुसेलम पोस्टको समाचारमा छ ‘जोशीलाई हमासले अपहरण गरी गाजातर्फ लगेको थियो र एक समय उनलाई शिफा अस्पतालमा राखिएको थियो । उनको जीवित अवस्थाको पुष्टि गर्ने प्रमाणहरू धेरै आएका छैनन्, तर एक भिडियोमा मात्रै उनलाई उक्त अस्पतालमा राखिएको देखाइएको थियो ।’

taximandu

प्रतिक्रिया

शिखरन्युज प्राइभेट लिमिटेडद्वारा संचालित

सुकेधारा, काठमाडौ, नेपाल
न्युज हटलाईन : ९८१३१२२०२२
shikharnews.tv@gmail.com
सुचना बिभाग दर्ता नम्बर – ९५/०७३-७४

प्रकाशक/अध्यक्ष : राम बहादुर खत्री
प्रबन्ध निर्देशक : कमल गौतम (समीप)
सम्पादक : कमल पुलामी
सल्लाहकार : भीष्म ओझा
बजार प्रबन्धक : सरु बान्तावा

© 2025 Copyright Shikharnews PVT LTD | All rights reserved

ताजा समाचार

ट्रेन्डिङ