ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

Vianet

काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बजारमा पनि पछिल्लो तीन दिनयता सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ।

Vianet

गत आइतबार एकै दिन प्रतितोला ११ हजार छ सयले घटेर दुई लाख ४१ हजार ९०० कायम भएको सुनको मूल्य सोमबार पुनः तोलामा दुई हजार घटेर दुई लाख ३९ हजार ९०० मा किनबेच भएको थियो।

आज फेरि प्रतितोला दुई हजार ९०० घटेपछि दुई लाख ३७ हजारमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यसैगरी आज चाँदी प्रतितोला ६० घटेर रू दुई हजार ९२० मा किनबेच हुनेछ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ९७५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।

taximandu

प्रतिक्रिया

शिखरन्युज प्राइभेट लिमिटेडद्वारा संचालित

सुकेधारा, काठमाडौ, नेपाल
न्युज हटलाईन : 
info.shikharnews@gmail.com
सुचना बिभाग दर्ता नम्बर – ९५/०७३-७४

प्रकाशक/अध्यक्ष : राम बहादुर खत्री