महामन्त्रीद्वयकाे चेतावनीपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

Vianet

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ। आज (शुक्रबार) दिउँसो १ बजे बस्नेगरी बोलाइएको बैठक स्थगित भएको हो । अब अर्को बैठक आगामी आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने बताइएको छ।

Vianet

महाधिवेशनको विषयलाई लिएर कांग्रेसको केन्द्रीय समितिमा भाँडभैलो सुरु भएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आज विहान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई भेटेर महाधिवेशनको कार्यतालिका पेश गर्न पाउनुपर्ने बताएका थिए । कार्यतालिका ल्याउन नदिने हो भने केन्द्रीय समितिमा उपस्थित नहुने महामन्त्रीद्वयको चेतावनी रहेको थियो ।

taximandu

प्रतिक्रिया

शिखरन्युज प्राइभेट लिमिटेडद्वारा संचालित

सुकेधारा, काठमाडौ, नेपाल
न्युज हटलाईन : 
info.shikharnews@gmail.com
सुचना बिभाग दर्ता नम्बर – ९५/०७३-७४

प्रकाशक/अध्यक्ष : राम बहादुर खत्री